विराटनगर / कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काङ्ग्रेसका तर्फ वाट केदार कार्की र सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो दाबी पेस गरेका छन ।
सत्तारुढ गठबन्धन दलका ४७ प्रदेशसभा सदस्यहरुको समर्थनमा उनले प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका हन भने कार्कीले एमालेको ३९ र कांग्रेसका ८ जना प्रदेशसभा सदस्यको हस्ताक्षर लिएर दाबी पेस गरेका हुन ।
इन्द्रबहादुर आङबोले नेकपा माओवादी केन्द्र , नेपाली कांग्रेस , जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीको संसदीय दलको नेताको हस्ताक्षरबाट मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन । केन्द्रीय गठबन्धनले कोशीमा माओवादीलाई मुख्यमन्त्री दिने निर्णय गरेपछि असन्तुष्ट बनेका डा. शेकर कोइराला निकट कार्कीले एमालेको सहयोगमा दाबी पेस गरेका हुनु ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाउन नसकेपछि शनिबार पदबाट राजीनामा दिएका थिए । त्यसपछि प्रदेश प्रमुख परशुराम खापुङले शुक्रबारसम्म नयाँ सरकार गठनका लागि समय दिएका थिए । तर , त्यसको एकदिन अघि नै दुई जनाले दाबी पेस गरेका हुन ।