कटहरी / एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना नबालक सहित तीनजनालाई प्रहरीले पक्राउ गरका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका वडा नं.३ बरगाँछी स्थित खुल्ला चौरमा असोज २७ गते जवरजस्ती करणी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरकोको हो ।
पक्राउ पर्नेहरुमा जिल्ला धनुषा मिथिला नगरपालिका वडा नं.११ तुल्ही बस्ने बर्ष २० को बिनोद चौहान, बर्ष ४० को टेक बहादुर तामाङ र एक नाबालक समेत ३ जना रहेका छन् ।
मोरङ जिल्ला बस्ने बर्ष २५ की महिलाललाई जवरजस्ती करणी गरेको कसूरमा जिल्ला प्रहरी कार्यालय मोरङबाट जवरजस्ती करणी अन्तर्गत सम्मानित मोरङ जिल्ला अदालतबाट पक्राउ स्वीकृति लिई अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ ।