कटहरी / राजवंशीहरुले हुक्का हुकि तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन भएको छ । राजवंशी समाजकाे संस्कृति तथा समुदायको कलाकृति जाेगेर्ना गर्ने उदेश्यले उक्त कार्यक्रम गरिएको हाे ।
श्री जनप्रिय मा वि कटहरीकाे आँगनमा भएको शुभ दिपावलि तथा छठ पर्वकाे अवसरमा यस पर्व लक्ष्मि पुजाका दिन पटुवाकाे सिङ्काे लाई आँगाे वालि गाउँ – गाउँमा सामुहिक रुपमा मनाउने गरिएको पाइन्छ । हुका हुकि सेराे सेराे भनि आँगाे सङ रमाइलो गर्ने गरिएको पाइन्छन् । धेरै भन्दा धेरै पटुवाकाे सिङ्काे जम्मा गरी औटै ठाउँमा बाँधिएर मन्दिर आकार बनाई आँगाे लगाउने अनि हुका हुकि सेराे सेराे भनि ध्वनि प्रदर्शन गर्ने गरिएको छ । अहिले धान खेतमा दियो वालि लक्ष्मिलाई भित्र्याउने उदेश्यले कार्यक्रम गरिन्छ ।
राजवंशी तथा आदिवासीहरुकाे शुकरात पर्व भनि मनाउने यस चार्डर्पवमा पटुवाकाे सिङ्काे लाई आँगाे लगाइ हुका हुकि सेराे सेराे भनि ध्वनि प्रदर्शन गरी मनाइने राजवंशी समाज विकास समिति अध्यक्ष शुबनत राजवंशीले बताए ।
थारु , चाैधरी समुदायले पनि शुकरात पर्व मनाउने गरिएको कटहरी गाउँपालिका अध्यक्ष देवराज चाैधरीले बताए । थारु समुदायले हाकि हुक्का भन्ने चलन पनि रहेको अध्यक्ष चाैधरीले जानकारी गराए ।
हाम्रो भबिस्यकाे पुष्ताले पनि यहीँ संस्कृति तथा परम्परागत रितिरिवाजहरु बचाउदै जानुपर्ने जहदा गाउँपालिका वडा-३ अध्यक्ष अनिल ठाकुरले बताए ।
हुका हुकि तथा शुभकामना आदानप्रदान उक्त कार्यक्रम निरन्तर राजवंशी संस्कृति सङरक्षण तथा विकास केन्द्रले गरीआएकाे कार्यक्रमका सभापति प्रशुराम राजवंशीले बताए ।
हुका हुकि कार्यक्रम गरेर के हुन्छ भन्दै राजवंशी संस्कृति र परम्परा जाेगेर्ना गर्नुपर्छ भनि पुर्व रासविस तथा गृहराजय मन्त्री भिमराज राजवंशीले बताए ।
कला संस्कृति , भेषभुशा तथा परम्परागत रितिरिवाज जातिय संस्कृति बचाउनु अहिले एकदम जरुरि रहेको बताउदै अहिले सबै जातजातिकाे कला संस्कृति हराउदै गएको कटहरी गाउँपालिका उपाध्यक्ष सिता देवि राजवंशीले कार्यक्रममा बाेल्दै बताए ।
रासविस माहासचिव चन्द्रप्रसाद राजवंशी , श्री जनप्रिय मावि प्र अ राजकुमार चाैधरी , पुर्व भिम बहादुर राजवंशी , राजा धनपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शिव नारायण राजवंशी , कटहरी -३ वडा सदस्य बल्लि दास , रासविस सचिव मनाेज राजवंशी लगायतका समाजसेवी तथा वुद्धिजिविकाे बाक्लो उपस्थिति रहेको छ ।