कटहरी / नेपाल सरकारकाे छाप दस्तखत किर्ते सम्वन्धि कसुरमा संलग्न ५ जनालाई पक्राउ गरिएको छ ।

मोरङ जिल्लाकाे रतुवामाई नगरपालिका वडा – ३ बस्ने ऐ.वडाका वडाध्यक्ष वर्ष ५५ को देविलाल ताजपुरियाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी चेतनलाल राजवंशी समेत भएको सरकारी छाप दस्तखत किर्ते सम्वन्धि कसुर मुद्धाको अनुसन्धानको सिलसिलामा पक्राउ परेको हाे ।

मिति २०८०।०७।०२ गते वारदात घटाई फरार रहेका निम्न स्थान बस्ने निम्न प्रतिवादीहरुको नाममा मिति २०८०।०७।१६ गते सम्मानित मोरङ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई खोजतलास कार्य भई रहेकोमा मिति २०८०।०८।०९ गते विहान अन्दाजी ०७:०० बजेको समयमा प्रतिवादीहरुलाई आफ्नै घर वतन जिल्ला मोरङ रतुवामाई नगरपालिका वडा -४ झुर्किया स्थितबाट पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतमा बुझाउने कार्य भईरहेको छ ।

पक्राउ प्रतिवादीहरुः-
१) जिल्ला मोरङ रतुवामाई न.पा.वडा नं.४ बस्ने वर्ष ६५ को चेतनलाल राजवंशी
२) जिल्ला मोरङ रतुवामाई न.पा.वडा नं.४ बस्ने वर्ष ६२ कि झरिया देवि राजवंशी
३) जिल्ला मोरङ रतुवामाई न.पा.वडा नं.४ बस्ने वर्ष ६३ को विष्णु राजवंशी
४) जिल्ला मोरङ रतुवामाई न.पा.वडा नं.४ बस्ने वर्ष ६३ को पैखन लाल राजवंशी
५) जिल्ला मोरङ रतुवामाई न.पा.वडा नं.४ बस्ने वर्ष ६४ को कन्हारु लाल केवरत ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी – ३, मोरङ नेपाल
mob: 9827072150
email: [email protected]