विराटनगर / सुन्दर हरैचा नगरपालका वडा नं. ९ की तारा थापाले आफ्नो नाम दर्ताको सोही ठाउँको ५ कट्ठा ५ धुर जग्गा धरान–३ बस्ने शारदा श्रेष्ठको नाममा धितापास गरी ३१ ऋीण लिएको सो ऋीण भन्दा बढी रकम तिरी सक्दा पनि जग्गा फिर्ता त कहाँ हो कहाँ उल्टै अझ ब्याज मागेर उठीबास वनाएको आरोप लगाएकी छिन् ।
उक्त ३१ लाखको साँवा ब्याजगरी ४३ लाख तिरी सक्दा पनि जग्गा फिता गर्नुको सट्टा उल्टै अझै सावा ब्याज मागेर तनाव दिई रहेको थापाले वताईन । सो ऋण तिर्न झापा जिल्लाको दमक नगरपालिका वडा नं. ३ को ३ कट्टा जग्गा बेचेर २६ लाख, ५ कट्टा ५ धुर जग्गा मध्ये १ कट्ठा बेचेर १३ लाख र एक पटक ४ लाख तिरी सकेको वताए ।
शारदा श्रेष्ठले चक्रवृद्धि ब्याज जोडर साँवा ब्याज लिएको दुःखेसो सुनाउँदै श्रेष्ठलाई मिटर व्याज लिएकोमा प्रशासनले कारवाही गरी मेरो जग्गा फिर्ता गराई दिन थापाको माग छ ।
श्रेष्ठले थापालाई मात्र पिडित वनाएको होईन बेलवारी नगरपालिका वडा नं. ३ की सिता राईलाई समेत पिडित बनाएकी छिन् ।
राईले शारदा श्रेष्ठसंग सयकडा ३ रुपियाको दरले २ लाख रुपिया ऋण लिएका थिए । ऋण लिएको २१ महिनाको सावाँ ब्याज गरी ३ लाख २६ हजार भयो भनेर मसंग खाली चेक लिनु भयो । त्यसपछि तिम्रो चेक मेरो पैसा तिरी सकेपछि फिर्ता दिनुन्छु भन्दै राईसंग १ लाख ४६ हजार र पनु १ लाखका खाली चेक लिएको थियो । फेरी सावाँ हिसाव गरी ८० हजार नगद दिएर ऋण खतम गरेको थिए ।
खाली चेकमा शारदा श्रेष्ठको दाजु विद्या शाक्यले ३ लाख ३० हजार रकम भरी अहिले मोरंग जिल्ला अदालतमा लेनदेन मुद्दा दर्ता गराई पिडित वनाएको राईले आरोप लगाईन ।
ती दुई जनासंगै पत्रकार सम्मेलनमा आएका बेलवारी ३ बस्ने खगेन्द्र धिमालले २०७६ साल जेष्ठ मसान्तमा ३ क ८८५ नम्बरको एक कट्ठा क्षेत्रफल रहेको जग्गा र टिनाको ८ कोट्ठै घर सुनसरी मधुवन–६ की हिमा कुमारी श्रेष्ठलाई ७० लाखमा विक्रि गर्ने शर्तमा कागज गरिएको थियो । श्रेष्ठले ७० लाखमा जग्गा पास गरी लिएकको तर रकम १० लाख मात्रै दिएको वांकी रकम हिनामिना गरी पिडीत बनाएको आरोप लगाए ।
श्रेष्ठले धिमाललाई घर जग्गा कारोवार गर्न जग्गा ततकाल चाहिने भएको भन्दै फकाई फुलाई जग्गाको सवै कागजात सहित जग्गा पास गरी दिए । सो वापत श्रेष्ठले ७० लाखको कागज गरि दिएको थियो । अब त्यो कागज लिएर कहाँ जाउँ के गरौ केही थाहा छैन । म त घरवार विहीन भएको रुदै धिमाले वताए । कानुनी वाट अपनाउँदा मसंग पैसा छैन । अहिल न त मसंग घर जग्गा छ नत मसंग पैसा छ ।
यस्ता ठगहरुलाई प्रशासनले कारवाही गरी मेरो घरजग्गा वा रकम दिलाई दिन माग गरेको छ ।
यस समाचार क्राइम अपरेशन अनलाइन पत्रिका वाट साभार गरिएको हाे ।