कटहरी / कटहरी उधाेग वाणिज्य संघले कार्यालय सन्चालनकाे लागि कार्यालय उदघाटन गरिएको छ । यस माेरङकाे कटहरी क्षेत्रमा विभिन्न उधाेग तथा व्यापारीक क्षेत्र भएकोले संघको सदस्यता लिनुहुन अनुरोध गर्दै ” कटहरी उधाेग वाणिज्य संघ ” का अध्यक्ष अर्विन्द शर्मा बताए ।
माेरङकाे कटहरी गाउँपालिका उधाेग नगरी भएको कारणले व्यापारीहरु एक जुट भएर सहकार्य गर्न शर्माले अनुराेध गरिएको छ । कर परामर्श तथा व्यापारीहरुकाे हकहितका लागि यस संघको स्थापना भएको शर्माले बताए ।
कटहरी गाउँपालिकाकाे मुख्य बजार सहरको विचमा रहेको सहिदकाे सालिक रहेको उत्तर सट्टेकाे भवनको माथिल्लो तल्लामा रहेको छ । कटहरी गाउँपालिका अध्यक्ष देवराज चाैधरीले काेशी प्रदेशको माेरङ जिल्लाकाे उधाेग नगरीका रुपमा प्रसिद्ध चिनिने यस कटहरी गाउँपालिका उधाेग क्षेत्र पनि रहेको छ ।
विराटनगर महानगरपालिका पुर्वी क्षेत्रमा पर्ने यस कटहरी गाउँपालिकामा ” कटहरी उधाेग वाणिज्य संघ ” जिल्ला प्रशासन कार्यालय माेरङमा २०८० सालमा दर्ता भई सन्चालन भइरहेको बताए ।
कटहरी क्षेत्रमा साना र ठुला गरी ७८ ओटा उधाेगहरु रहेका छन् । कटहरी गाउँपालिका भित्र रहेका उधाेग , कलकारखाना रहेको छ ।