कटहरी / माेरङ्गकाे कटहरी गाउँपालिका वर्डा नं ४ को मुस्लिम समुदायका युवाहरू सामुहिक रुपमा आज हनुमान र राधाकृष्ण मन्दिरको कलश यात्रामा भक्तजनहरुलाई सुध पिउने पानि र फ्रुटि बाँडिएको छ । कटहरी वर्डा नम्बर ४ काे सुदामा चाैक ,जुडि र जामुनगाछि चाैक हुदै पुनः सुदामा चाैककाे मन्दिरसम्म कलश यात्राका भक्तजनहरुलाई कटहरीका युवाहरुले पानि र फ्रुटि वितरण गरिएको हाे ।
कटहरीका युवा कमल हुसेनकाे नेतृत्वमा सुध पिउने पानि र फ्रुटि भक्तजनहरुलाई बाँडिएको हाे । उहाँ भनुहुन्छ ” हजारौं वर्ष देखि चलिआएको सामाजिक सदभाव र सम्बन्ध यसरी नै हामी मिलेर कायम गर्नु पर्छ भन्ने उदेश्यले उक्त वितरण कार्यक्रम गरिएको हाे” ।
कटहरी वर्डा नम्बर ४ का पुर्व अध्यक्ष मन्टु शेक र लाेसपा केन्द्रीय सदस्य फिराेज शेकले पनि सुध पिउने पानि २० कार्टुन र ८ कार्टुन फ्रुटि भक्तजनहरुलाई वितरण गरिएकाे हाे ।