विराटनगर । कोशी प्रदेश विराटनगरमा मंलबार सुरु भएको दुई दिन ‘क्यानडा नेपाल माउटेन्ट फिल्म फेस्टिभल –२०२४’को आज समापन भएको छ ।
नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशको आयोजनामा भएको यस फिल्म फेस्टिभलमा चलचित्र विकास बोर्डका अध्यक्ष भुबन केशी द्धारा ‘क्यानडा नेपाल माउटेन्ट फिल्म फेस्टिभल –२०२४’मा विभिन्न उत्कृष्ट फिल्म , निर्देशक , कलाकारहरुलाई अवार्ड साथै सम्मान गरिएको छ ।

यसै गरि फिल्म फेस्टिभलमा न्यु सृष्टी दैनिकका पत्रकार अनुज सापकोटा , हाम्रो विराटनगरका संवाददाता तथा चलचित्र पत्रकार संघ मोरङ जिल्लाका सचिव संन्तोष बास्तोला र हिपमत मिडियाका संचालक विरेन्द्र कुमार साहलाई कदर पत्र सहित सम्मान गरिएको छ ।

‘क्यानडा नेपाल माउटेन्ट फिल्म फेस्टिभल –२०२४’ कोशी प्रदेशमा पहिलो पटक गरिएको हो । यस अघि पनि विराटनगर स्थित रहेको आरोहण गुरुकुलमा चलचित्र महोत्सव आयोजना गरिएको थियो । फिल्म फेस्टिभलमा दुई दिन चलचित्र तथा डकुमेन्ट्री प्रदर्शन गरिएको थियो । कोशी प्रदेश चलचित्र हबमा पछि रहेको र यस क्षेत्र पनी फिल्म हब बन्न सक्ने चलचित्रकर्मी संघ कोशी प्रदेशका अध्यक्ष अणुन कुमार प्रधानले बताए । यसै गरि यस प्रकारका फिल्म फेस्टिभल आगामी दिनहरुमा देश भित्र मात्र नभई क्यानेडामा आयोजना गरिने प्रधानले जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी – ३, मोरङ नेपाल
mob: 9827072150
email: [email protected]