राजवंशी खबर / विराटनगर

शनिबार, आषाढ ३०, २०८१

विराटनगर / तेली कल्याण समाज नेपाल जिल्ला कार्यसमिति समिति मोरङले खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ।

बिराटनगर वडा नं ७ स्थित रहेको सेन्ट्रल मल अगाडी साह हाडवेयरमा सो रक्तदान कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रम बिहान ८:३० बजे देखि सुरू गरि बेलुकी १ बजे समापन गरिएको थियो। यस रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका थिए भने ११ पिन्ट रगत सोही स्थान बाटै बिरामीलाई वितरण गरिएको थियो र बाँकी २५ पिन्ट रगत बिराटनगर स्थित देवकोटा चोकमा रहेको बल्ड बैंकमा पठाइएको संस्थाका सदस्य दिलिप साहले जानकारी दिए।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका सहायक प्रदिप साहको पनि उपस्थिति रहेको थियो। बिराटनगरमा रगतको अभाव भईरहेको अवस्थामा यस्तो कार्यक्रमले ठुलो योगदान पुर्याएकाे साहले बताए।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी – ३, मोरङ नेपाल
mob: 9827072150
email: [email protected]