राजवंशी खबर / विराटनगर

मंगलबार, साउन ०१, २०८१

विराटनगर / नेपाल सरकारको स्वामित्वमा रहेको रेडियो नेपाल बाट भरखरै २०८१ असार ३० गते देखि दिउँसो १ बजेर ४५ मिनेट राजवंशी भाषामा समाचार प्रसारण हुदै छन । नेपालको संविधान अनुसार बहुभाषिक नीति तथा अधिकार क्षेत्र भित्र रहेर यस रेडियो नेपाल तारिणि प्रसाद कोइराला स्मृति सञ्चार ग्रामले महानगर एफएम विराटनगर र रेडियो नेपाल बाट राजवंशी भाषामा समाचार प्रसारण ह्ुदैछन ।

रेडियो नेपाल र महानगर एफएम विराटनगर देखि शुरु भएको राजवंशी भाषा समाचार प्रसारण शुभारम्भ कार्यक्रमलाई संवोधन गर्नुहुँदै राजवंशी समाज विकास समितिका महासचिव चन्द्रप्रसाद राजवंशीले कार्यक्रमको शुभकामना मन्त्व दिदै रेडियो नेपाल र महानगर एफ एम लाई धन्यवाद दिनुभएको छ ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले कार्यक्रममा बोल्दै संविधानमा उल्लेख भए अनुसार बहु साँस्कृतिक, बहु धार्मिक नीतिलाई समावेशीकरण गर्दै राजवंशी भाषा समाचार प्रसारण शुभारम्भ गरेकोमा रेडियो नेपाललाई धन्यवाद दिनुभएको हो ।

सो कार्यक्रमलाई संवोधन गर्दै रेडियो नेपालका कार्यकारी निर्देशक एवं सञ्चार ग्राम सञ्चालक समितिका अध्यक्ष बुद्धिबहादुर केसीले आगामी आर्थिक वर्षमा सञ्चार ग्राममा तारिणी प्रसाद कोइरालाको शालिक स्थापना गर्ने र सञ्चार ग्राम मार्फत मोबाइल एप तथा वेबसाइट सञ्चालनमा ल्याउने जानकारी गराउनुभयो ।

जिल्ला प्रसाशन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले कार्यक्र संबोधन गर्दै सञ्चार ग्रामबाट राजवंशी भाषाको समाचार प्रसारण हुनु सबैका लागि खुसीको कुरा भएको उल्लेख गर्नुहुँदै सञ्चारकर्मीका लुकेका प्रतिभालाई उजागर गर्दै समाचार सम्प्रेषण गर्दै जानुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सञ्चार ग्राम विराटनगरका प्रमुख बलराम चौधरीले सञ्चार ग्रामको उद्देश्यमाथि प्रकाश पार्नुहुदै अहिले नेपाल भरी २४ ओटा भाषामा रेडियो नेपालबाट समाचार प्रसारण हुदै आएको बताए ।

नेकपा एमाले मोरङका अध्यक्ष बाबुराम कार्की, राजवंशी समाज विकास समिति केन्द्रीय महासचिव चन्द्रप्रसाद राजवंशी तथा समितिका केन्द्रिय सल्लाहकार पानीलाल राजवंशीले भाषा साहित्यको विकासमा रेडियो नेपालको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्नुभयो थियो ।

कार्यक्रममा राजवंशी, मुडियारी, मधेशी, थारु लगायत विभिन्न जातीय समुदाय तथा सङ्घसंस्था प्रतिनिधिको सहभागिता थियो । शुरु भएको राजवंशी भाषाको समाचार हरेक दिन महानगर एफएम र रेडियो नेपालमा दिउसो १ बजेर ४५ मिनेटमा प्रसारण हुने छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी – ३, मोरङ नेपाल
mob: 9827072150
email: [email protected]