सरिता कर्मकार / विराटनगर

बुधबार, साउन ०२, २०८१

बिराटनगर / मुस्लिम समुदायको महान चाड मोहर्रम बुधबार भब्यताका साथ मनाइएको छ।

बिराटनगर वडा नं १३ मा मुस्लिम समुदायका मानिसहरूले भब्य रुपमा मोहर्रम पर्व मनाएका छन्। हरेक बर्ष मनाईने यस पर्वलाई देश भरिकै बिभिन्न स्थानमा मनाईएको छ। बिराटनगर वडा नं १६,१७ मा पनि पनि उनिहरुले भब्यताका साथ मनाएका छन्। यसै क्रममा नाका क्षेत्रमा दिल गरिए सँगै २०० भन्दा बढी प्रहरीहरु सुरक्षाका लागी परिचालन गरिएको थियो।

हसन र हुसेनको प्रतीकस्वरुप ताजिया निर्माण गरी यो पर्व मनाइँदै छ ।वाञ्छित मनोकामना पूर्ण हने आशामा वा पूर्ण भएपछि ताजिया बनाउने गरिएको छ ।

मेलामा मुस्लिम समुदायका मानिसहरूले तरबार, लठ्ठी, भाटा बोकेर सहित नाँच गान गरी आफ्नो कला प्रस्तुत गरे ।
हजरत इमाम हुसेन इस्लामका पैगम्बर मुहम्मदका नाति थिए । उनले इस्लाम र मानवताको रक्षा गर्न आफ्नो परिवार र साथीहरूको बलिदान दिएका थिए । यिनै सहिदहरूको सम्झनामा ताजिया निस्कने गरेको छ । ताजियालाई सहिदहरूको प्रतीक मानिन्छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी – ३, मोरङ नेपाल
mob: 9827072150
email: [email protected]