चन्दन राैनियार / सुनसरी

सोमबार, फाल्गुण १२, २०८१

दुहबी  / निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) दुहबी नगर समितिले हरेक वर्ष आयोजना गर्ने नगर स्तरीय एकदिवसीय  खेलकुद प्रतियोगिता (दोस्रो प्याब्सन स्पोर्टस् मिट) २०८१  सम्पन्न भएको छ ।

दुहबी नगरपालिका वडा नं.४  स्थित दुहबी रंगशालाको खेल मैदानमा भएको प्रतियोगितामा नगरका १२ वटा वडाबाट १६ वटा विद्यालय सहभागी थिए । एकदिवसीय  
खेल खेलकुदको दुहबी नगरपालिकाकि उपप्रमुख मेनुका खतिवडा पोखरेलले  उद्धघाटन गरिन् । प्रतियोगिता उद्धघाटन गर्दै खतिवडा पोखरेलले खेलकुद सबैका लागी भएको बताउदै निजी बिद्यालयहरुले आयोजना गर्ने यसप्रकारको खेलकुदका गतिबिधिले दक्ष खेलाडी उत्पादनमा ठुलो टेवा पुग्ने खतिवडा पोखरेलले बताइन ।

नीजी तथा आवाशीय बिद्यालय अर्गनाइजेसन प्याब्सन अन्तर्गत दुहबी नगरपालिका भित्र रहेका बिद्यालयहरु बिच स्पोर्ट्स मिट नामबाट हरे बर्षहरुमा स्पोर्टस मिट हुदै आएको  खेलकुदका कार्यक्रमहरु समेटिएको स्पोर्टस मिट आयोजना गरिएको आयोजकले जनाएको छ ।  प्याब्सन नगर समितीले बिद्यालय तहमा अध्यनरत बिद्यार्थीहरुलाइ पढाइका साथै बिभिन्न अतिरिक्त क्रियाकलापमा समेत सहभागी गराउदै आएको  दुहबी नगरसमिती अध्यक्ष सुशील कुमार शाक्यले बताए ।  बिद्यार्थी शारीरिक रुपमा स्वास्थ्य नभएसम्म राम्रोसंग पठन पाठन गर्न नसक्ने भएका कारण पनि बिभिन्न प्रतियोगिता उनीहरुको लागी अति आवश्यक भएकाले यसैलाइ मध्यनजर गर्दै यसबर्ष पनि खेल महोत्सवलाइ निरन्तरता दिएको शाक्यले बताए । खेलकुद प्रतियोगितामा सय मिटर दौड , दुई सय मिटर र चार सय मिटर दौड ,रिले दौड, कक्षा १ देखि ५ सम्म र ५देखि ८ सम्म, लङ जम्प ,हाई जम्प , ज्याबलिङ ,सटफुट  र एथलेटिक्सका बिभिन्न इभेन्ट्सहरु समावेश गरिएको छ ।
  एकदिवसीय खेलकुद प्रतियोगितामा  दुहबी  नगरक्षेत्रभरीका झण्डै  १६ वटा  नीजि बिद्यालयका बिद्यार्थी प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहभागी भएको प्रतियोगिता दुहबी नगर समितिका सचिव  एस. रहमान राईनले  बताए  । पहिलो स्थान हुन  सफल  बिधालय दुहबी आदर्श  ,दोस्रो स्थान दुहबी चिल्ड्रेन ऐकेडेमी र तेस्रो स्थान मेरिकम्बा स्कुल भएको बिधालयहरु लाई मेडल प्रमाणपत्र ट्रफि बितरण गरेको सचिव एस.रहमान रएनले बताए  ।  उद्धघाटन समारोहमा अतिथिहरुमा केन्द्रीय प्याब्सनका प्राशिक सल्लाहकार शंकर थापा ,जिल्ला प्याब्सनका अध्यक्ष  नेशनल थानेश्वर ढकाल गढि प्याब्सन अध्यक्ष राजाराम मेहता ,ईनरुवा प्याब्सन अध्यक्ष रमेश गुरागाई, केशलिया बोडिङका प्रअ सन्जु बन्जारा , प्याब्सन जिल्ला सदस्य सुनिल बन्जरा ,महेन्द्र मेमोरियल ऐकडेमीका साहय प्रअ रमेश बाबू थापा , इप्रका दुहबीका प्रतिनिधि अस्ई भुपराज पोखरेल ,  बिभिन्न बिद्यालयहरुका प्रअ प्रिन्सिपल ,शिक्षक/शिक्षिका र बिधार्थिहरुको व्यापक सहभागी रहेको थियोे ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी – ३, मोरङ नेपाल
mob: 9827072150
email: [email protected]