राजवंशी खबर/विराटनगर

शुक्रबार, फाल्गुण १६, २०८१

विराटनगर / फागुन १९ गतेदेखि विराटनगरमा सुरु हुन गइरहेको विराट गोल्ड कप फुटबल टुर्नामेन्ट २०८१ आयोजक समितिले फुटबल हेर्ने दर्शकहरूका लागि फाइदा नै फाइदाको व्यवस्था गरेका छन् । २ सयको टिकट काटेका दर्शकले फुटबल टुर्नामेन्ट नहेरे पनि २ हजार भन्दा बढी रुपैयाँ फाइदा गर्न सक्ने व्यवस्था विराट गोल्ड कप फुटबल टुर्नामेन्ट आयोजक समितिले गरिदिएको छ ।

अब विराटनगरको शहिद रंगशालाको विशिष्ट कक्षमा सोफामा बसेर विराट गोल्ड कप फुटबल टुर्नामेन्टको ९० वटा खेल हेर्नका लागि दर्शकले ५ हजार रुपैयाँ मात्र खर्च गर्नुपर्छ । यस अघि भिआइपी टिकटको मूल्य १० हजार रुपैयाँ रहेका थिए । यस पटक भिआइपी टिकको मूल्य ५ हजार रुपैयाँ कायम गरिएको छ । यसै गरी ९ वटै खेल हेर्नका लागि यस अघि ५ हजार रुपैयाँ कायम रहेको सिजनल टिकटको मूल्य घटाएर १ हजार ७ सय रुपैयाँ कायम गरिएको छ ।

प्रत्येक दिन फुटबल हेर्नको लागि सिजनल टिकटको मूल्य २ सय रुपैयाँ कायम गरिएको छ । २ सय रुपैयाँको टिकट काटेका दर्शकले विभिन्न औद्योगिक उत्पादन देखि ठुला ठुला होटेलमा समान खरिद सँगै खानेकुरा खाँदा १० देखि १५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ ।

विराट गोल्ड कप फुटबल टुर्नामेन्टको टिकट काटेका दर्शकले कम्तीमा २ देखि ६ महिनासम्मको समय अवधिमा टिकटको आधारमा छुट पाउन सक्ने छ । विराट गोल्ड कप फुटबल टुर्नामेन्टका संयोजक उद्योगी नविन रिजालले बढी भन्दा बढी संख्यामा दर्शकलाई शहिद रंगशालाको खेल मैदानसम्म ल्याउन विभिन्न उद्योगी र ठुला ठुला होटलका सञ्चालकहरुसँग टिकटको आधारमा छुट दिने व्यवस्था मिलाइएको बताए ।

विराटनगरका जो कोहीले१ वर्षमा कम्तीमा २ जोर जुत्ता खरिद गर्छन् । म्याजिक कम्पनी २ हजारसम्मको जुत्ता खरिद गर्ने व्यक्तिले फुटबल टिकट देखाउँदा १५ प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ । त्यो भनेको ३ सय रुपैयाँ हो । विराटनगरको आँगन स्वीट एण्ड स्नाक्स १ जनाले ५ सय रुपैयाँको मात्रै सामान खरिद सँगै खानेकुरा खाँदा उसले टिकटको आधारमा १५ प्रतिशत छुट पाउँदा ७५ रुपैयाँ छुट पाउने छ ।

यस बाहेक टिकट खरिद कर्ता दर्शकले रिजालको सिटी भिसी पिभिसि पाइप खरिद गर्दा १० प्रतिशत, डेल्टा टायर खरिद गर्दा १० प्रतिशत, सेन्ट्रल मलमा सामान खरिद गर्दा १० प्रतिशत, पिजाफायरमा १५ प्रतिशत, मोजोमा २० प्रतिशत, किरण केकमा १० प्रतिशत छुट पाउने छन् । यस बाहेक फुटबलको टिकट काटेका दर्शकले विराटनगरको न्यूरो हस्पिटलमा सामान्य चेक जाँच गराउँदा १५ प्रतिशत र प्याथोलोजी ल्याबमा परीक्षण गराउँदा २५ प्रतिशत छुट पाउन सक्ने छन् ।

फागुन १९ गतेदेखि २८ गतेसम्म चल्ने विराट गोल्ड कप फुटबल टुर्नामेन्टमा नेपालका ८ र भारतका २ गरी १० टिमको सहभागिता रहेका छन् । विजेताले ११ र उप विजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं सङ्घीय सांसद डा. शेखर कोइरालाले फागुन १९ गते विराट गोल्ड कप फुटबल टुर्नामेन्ट २०८१ को उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी – ३, मोरङ नेपाल
mob: 9827072150
email: [email protected]