कटहरी / माेरङकाे विराटनगर माहानगरपालिका पुर्व हाटखाेला नदि देखि नजिकै कटहरी गाउँपालिका रहेको छ । नेपालको ७ प्रदेश मध्य याे काेशी प्रदेशकाे मोरङ जिल्लामा अवस्थित रहेको छ ।
कटहरी गाउँपालिका वरिपरि ४ ओटा पालिका रहेको छ । यस कटहरी गाउँपालिकाकाे पूर्वमा धनपाल गाउँपालिका, पश्चिममा बिराटनगर महानगरपालिका ,उत्तरमा ग्रामथान गाउँपालिका र दक्षिणमा जहदा गाउँपालिका अवस्थित छ ।
यस कटहरी गाउँपालिकाकाे कटहरी ,भौडाहा र थलाहा मिलेर संयुक्त रुपमा कटहरी गाउँपालिकाको निर्माण वि.सं २०७४ सालमा भएको हो । यस कटहरी गाउँपालिकाभित्र जम्मा ७ वटा वडाहरु रहेका छन । बिराटनगरबाट कालो पत्रे हुलाकी सडक राजमार्ग (रंगेली रोड) नजिकै रहेको छ ।
रङ्गेलि सडक सटेर कटहरी गाउँपालिका हुँदै पूर्वमा उर्लाबारी हुँदै पूर्व -पश्चिम राजमार्गमा जोडिएकोले कटहरी गाउँपालिकाका स्थानियवासीहरुलाई यस क्षेत्रका बिभिन्न शहरहरुमा सेवा सुबिधा लिन / दिन सहज भएको छ ।
यस कटहरी गाउँपालिकाको कार्यालय कटहरी चौक स्थित (साबिक कटहरी गा० बि ० स भवनमा ) अवस्थित छ । ५१.५९ वर्ग कि० मि० क्षेत्रफल ओगटेको यस गाउँपालिकाको जनसंख्या वि.सं २०७४ को तथ्यांकनुसार ३९७७५ रहेको छ । यस पालिकामा राजवंशी , थारु , कामत , सरदार , मण्डल , मुस्लिम तथा अन्य समुदायहरुकाे वस्ति रहेको छ ।