विराटनगर / झापा जिल्लाको कचनकवल गाउँपालिका वाडा-३ स्थायी घर भएका राजवंशी समुदाय बाट पुर्णप्रसाद राजवंशीलाई न्याय परिषद्ले उच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएकाे छ ।
परिषदको बैठकले राजवंशीसँगै २७ जनाको नाम सिफारिस गरेको थियोे । राजवंशी समुदायबाट उच्च अदालतको न्यायाधीशमा सिफारिस हुने राजवंशी पहिलो व्यक्ति भएको कचनकवलका स्थानीय नवीन ढुंगानाले बताए ।
राजवंशी कानुन व्यवसायीको समूहबाट उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका हुन् । सिफारिस सूचीमा उनीसँगै ६ जना कानुन व्यवसायी पनि रहेका छन् ।
न्याय परिषद्ले उच्च अदालतका लागि २७ जना न्यायाधीशहरुको नाम सिफारिस गरेको छ । न्यायपरिषद् बैठकले जिल्ला न्यायाधीशहरुबाट १८, न्यायसेवामध्येबाट ३ र अधिवक्ताबाट ६ जनाको नाम उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।
न्याय परिषद्ले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव रहेका श्यामकुमार भट्टराईसहित विभिन्न जिल्लामा रहेका न्यायाधीश र अधिवक्तालाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।
परिषद्को सिफारिसअनुसार उनीहरूलाई प्रधानन्यायाधीशले नियुक्त गर्नेछन् । त्यस्तै शुक्रबारको बैठकले उच्च अदालत ३४ र जिल्ला अदालतका २६ न्यायाधीशको पनि सरुवा गर्ने निर्णय गरेको छ ।