संजय राजवंशी

मंगलबार, आश्विन ०२, २०८०

कटहरी / माेरङकाे विराटनगर माहानगरपालिका पुर्व हाटखाेला नदि देखि नजिकै कटहरी गाउँपालिका रहेको छ । नेपालको ७ प्रदेश मध्य याे काेशी प्रदेशकाे मोरङ जिल्लामा अवस्थित रहेको छ ।

कटहरी गाउँपालिकामा १९ वटा सामुदायिक विध्यालय र ११ ओटा बाेर्डिङ स्कुल रहेको छ । कटहरी गाउँपालिकाकाे वि .स . २०७४ काे तथ्यांक अनुसार कुल जनसंख्या ३९७७५ रहेको छ ।

कटहरी गाउँपालिकाकाे जनसंख्या साक्षरता घरधुरी सर्वेक्षण २०७६ अनुसार विवरण हेर्दा कुल जनसंख्या मध्य ३८६३८ जना पाँच वर्षभन्दा माथिका रहेको छ । उक्त पाँच वर्षभन्दा माथिकालाई मात्र साक्षरता सम्बन्धि विशलेशनमा समावेश गरिएको छ । पाँच वर्षभन्दा माथिकाे जनसंख्या मध्ये पढ्न मात्र जान्ने ४६९ ( पाँच वर्षभन्दा माथिका जनसंख्या जनसंख्याको १.१ प्रतिशत ) रहेको छ । त्यसै गरी पढ्न र लेखन जान्ने २६९३५ ( पाँच वर्षभन्दा माथिका जनसंख्या जनसंख्याको ६२.९ प्रतिशत ) गरी जम्मा साक्षर जनसंख्या २७४०४ ( पाँच वर्षभन्दा माथिका जनसंख्या जनसंख्याको ६४.० प्रतिशत ) रहेका छन् भन्ने पढ्न लेखन दुवै नजान्ने ११२३४ जना रहेका छन् ।

स्थानियका अनुसार यहाँका विध्यार्थिहरु अधिकाँश विराटनगर उच्च शिक्षाका लागि जाने गरेको बताएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी – ३, मोरङ नेपाल
mob: 9827072150
email: [email protected]