विराटनगर / नेपाली राष्ट्रिय क्रिकेटर ललित नारायण राजवंशी अभयसका क्रममा घाइते भएका छन् । चीनमा आयोजना हुन लागेको १९औँ एसियाली खेलकुद प्रतियोगिता अघि नेपाली क्रिकेट टोलीका प्रभावशाली स्पिनर ललितनारायण राजवंशी घाइते भएका छन् ।
२४ वर्षीय बायाँ हाते स्पिनर ललित राजवंशी बुधबार अभ्यासका क्रममा घाइते भएका छन् । उनको शल्यक्रिया गर्नुपर्ने भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । उनको ‘राइट क्लाभिकल’ (काँधको हड्डी) भाँचिएको बताइएको छ ।
ललित नारायण राजवंशीले अब एसियाली खेलकुदमा सहभागिता हुन नपाउने भएको छ । एसियाली खेलकुदमा नेपालले पुरुष क्रिकेटमा भाग लिएको छ । एसियाली खेलकुदमा पुरुष क्रिकेट प्रतियोगिता सेप्टेम्बर २७ देखी अक्टोबर ७ तारिखसम्म सञ्चालन हुनेभएकाे छ ।
नेपाली राष्ट्रिय क्रिकेटर ललित नारायण राजवंशी अन्तर्राष्ट्रिय खेलहरुकाे सफलताहरूमा राजवंशीले महत्त्वपूर्ण योगदान पुर्याएका छन् । ललित नारायण राजवंशीले हालसम्म देशका लागि २० वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको १९ पालीमा २८ विकेट लिएका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा उनको उत्कृष्ट प्रदर्शन २० रन दिएर पाँच विकेट रहेको छ ।
नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर २७ मा मंगोलियासँग खेल्नेछन् । नेपालले दोस्रो खेल अक्टोबर १ मा माल्दिभ्ससँग खेल्नेछ ।