Rajbanshi Khabar

शुक्रबार, आश्विन ०५, २०८०

विराटनगर / नेपाल पत्रकार महासंघ मोरङको कार्यालय भवनको मुल गेटमा प्रेस सेन्टर मोरङले तालाबन्दी गरेको छ ।

नेपाल पत्रकार महासंघ मोरङको कार्यवहाक अध्यक्ष खुल्ला उपाध्यक्ष मोहन भट्टराईले विधानत पाउनुपर्नेमा अन्यथा भएको भन्दै माेरङ प्रेस सेन्टरले तालाबन्दी गरेको हुन् ।

नेपाल पत्रकार महासंघ मोरङकाे पत्र नक्कली भएको भन्दै तालाबन्दी गरेको हाे । माहासङका अध्यक्ष सञ्जीव खनाल १० दिन अगाडि विदेश गएका थिए । खनालले विदेशबाटै गत भदौ २९ गते महिला उपाध्यक्ष तारा आचार्यलाई कार्यबहाक अध्यक्षको जिम्मेवारी दिएको पत्र सार्वजनिक भएको थियो । उक्त पत्र नक्कली रहेको र कार्यबहाक अध्यक्ष तोक्ने विषयमा विधानले तेस पत्रमा भएको अध्यक्षलाई अधिकार नै नदिएको प्रेस सेन्टरको दाबी छ ।

प्रेस सेन्टर मोरङका अध्यक्ष अर्जुन आचार्यले महासंघको कार्यालयमा तालाबन्दी गर्दै कार्यबहाकको विषयको विवाद समाधानका लागि पत्रकार महासंघको प्रदेश समिति र केन्द्रीय समितिलाई आग्रह गरिएपनि ढिलासुस्ती गरिसकेपछि तालाबन्दी गरेको बताए । नेपाल पत्रकार माहासङकाे विधान अनुसार भट्टराईलाई कार्यबहाक तोकेको पत्र प्रदेश र केन्द्रले दिएपछि मात्रै तालाबन्दीको अन्त्य गरिने उनको आचार्यकाे भनाइ छ ।

नेपाल पत्रकार माहासङ तालाबन्दी गरिएको कुरामा प्रेस सेन्टर कोशी प्रदेशले पनि समर्थन गरेको छ । तालाबन्दीप्रति ऐक्यबद्धता जनाउँदै कोशी प्रदेश अध्यक्ष विनोद घिमिरेले एकताबद्ध रहेका मोरङका पत्रकारहरुबीच विवाद र झैझगडा बढाउने उद्देश्यका साथ विधान विपरीत कार्यबहाक अध्यक्ष तोकिएको बताएका छन् ।

तालाबन्दी पछि प्रेस सेन्टर मोरङले जारी गरेको विज्ञप्तिमा प्रदेश र केन्द्रका अध्यक्ष तथा महासचिवले विधान अनुसार भट्टराई नै कार्यबहाक अध्यक्ष हुने बताएको उल्लेख गरिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी – ३, मोरङ नेपाल
mob: 9827072150
email: [email protected]