विराटनगर / काेशी प्रदेशको राजधानी विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुभएको छ ।

असोज १३ गतेदेखि अमेरिकाको टेक्सासमा हुने सेमिनारमा सहभागी हुनका लागि मेयर कोइराला मंगलबार अमेरिका प्रस्थान गर्नुभएको हो ।

नेपाल नगरपालिका संघको समन्वयमा संयुक्त राज्य अमेरिकास्थित स्थानीय सरकारको व्यावसायिक विकास र सबलीकरणको क्षेत्रमा कार्य गर्ने संस्था इन्टरनेशनल सिटी म्यानेजमेन्ट एसोसिएसन (आइसीएमए) को आयोजनामा हुने सेमिनारमा नेपालबाट मेयर कोइरालाले सहभागिता जनाउनु हुनेछ । सेमिनारमा करिब ४० देशका स्थानीय सरकारका प्रमुख र प्रतिनिधिहरुको सहभागिता रहने जनाइएको छ ।

सेमिनारमा स्थानीय सरकारका समसामयिक विषय तथा मुद्दाहरुमाथि छलफल हुनेछ । सेमिनारमा मेयर कोइरालाले नेपालको स्थानीय सरकार सञ्चालनका समस्या, चुनौती र अवसरका विषयमा आफ्नो धारणा राख्ने कार्यक्रम रहेको मेयर कोइरालाका प्रेस सल्लाहकार मीनकुमार नवोदितले जानकारी गराए ।

मेयर कोइराला अमेरिकामा बसोबास गर्ने नेपाली समुदायले गर्ने विभिन्न कार्यक्रममा समेत सहभागिता जनाउने कार्यतालिका रहेको छ । न्यूयोर्क सिटी र वासिङ्टन डिसीका मेयरसित भेटघाटको कार्यक्रम तय भएको मेयर कोइरालाका प्रेस सल्लाहकार नवोदितले जानकारी गराए ।

साथै नेपाली समुदायहरुसित छलफल गरी विराटनगरमा लगानी भित्रियाउनका लागिसमेत मेयर कोइरालाले पहल गर्नुहुनेछ ।
मेयर कोइरालालाई उपमेयर शिल्पा निराला कार्कीले खादा लगाएर विदाई गरेका थिए ।

यस समाचार क्राइम अपरेशन साप्ताहिक वाट लिएको हाे

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी – ३, मोरङ नेपाल
mob: 9827072150
email: [email protected]