विराटनगर / कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले उराउ तथा झागड समुदायले असोज १२ गते मनाउने करम–धर्म पर्वको उपलक्ष्यमा सो समुदायलाई सार्वजनिक विदा दिने निर्णय गर्नुका साथै अन्य पाँचवटा निर्णहरु पारित गरेका छन् ।
झापाको अर्जुनधारा नगरपालिका र अमेरिकाको टेक्सास बीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारको पूर्व स्वीकृति लिन सिफारिस गर्ने, उच्चस्तरीय प्रशासन सुधार कार्यदलको प्रतिवेदन २०८० सार्वजनिककरण गर्ने निर्णय मन्त्रिपरिषद्को बैठकले पास गरका छन् ।
त्यसैगरी कृषि आयमा लगाउँदै आएको कर प्रदेश सञ्चितकोषमा दाखिला गर्ने व्यवस्थाको लागि नेपाल सरकार, अर्थमन्त्रालयलाई अनुरोध गर्ने, प्रदेश सामयिक कर असुल सम्बन्धी विधेयकको मस्यौदा गर्न सैद्धान्तिक स्वीकृति लिने र सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानून मन्त्रीलाई तोक्ने निर्णय निर्णय भएको कोशी प्रदेशका मुख्यमन्त्रीको प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए । यस समाचार क्राइम अपरेशन वाट लिएको हाे ।