Rajbanshi Khabar

शनिबार, आश्विन १३, २०८०

विराटनगर / नेपाल उद्योग परिसंघ कोशी प्रदेशको नव निर्वाचित अध्यक्ष पवन कुमार सारडाले औद्योगिक लगानीको वातावरण सृजना गरी विदेश पलायन हुनबाट यूवाहरुलाई रोक्नुका साथै विदेश पलायन भईसकेका यूवाहरुलाई स्वदेश फिर्ता ल्याउने प्रतिवद्धता जनाएको छ ।

तेस्रो बार्षिक सभा र निर्वाचनबाट परिसंघको अगामी कार्यकालका लागि सर्वसम्मत रुपमा निर्वाचित नयाँ नेतृत्व र बोर्ड सदस्यहरुको जानकारी गराउने उदेश्यले संघकै कार्यालयमा भएको पत्रकार भेटघाट कार्यक्रममा सो कुरा वताएको हो ।
वहांले उद्योग परिसंघले स्थापना कालदेखि नै स्वदेशी बस्तुको प्रयोग र आयात भन्दा निर्यातमा जोड दिदै आएको छ । हाम्रो सामान, हाम्रै स्वाभिमानको नारालाई आत्मसाथ गरी अगाडी बढ्ने वताए ।

सारडाको अध्यक्षतामा चयन भएको नयाँ वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा, उपध्यक्षमा क्रमश नवल किशोर कावरा, सुशील कुमार जोशी, कृष्ण कुमार अग्रवाल, दिपक पौडेल, देवेन्द्र गुप्ता रहेका छन् । त्यसैगरी महिला उपाध्यक्षमा गिरीजा सारडा, मानार्थ उपाध्यक्षमा क्रमश रमेश राठी, गिरिश लुनिया, धनश्याम कावरा र कोषध्यक्षमा साकेश राठी चयन भएको छ ।

कार्यसमिति सदस्यहरुमा राजेन्द्र राठी, बेदान्त जाजु, कर्ण रायमाझी, डेनिस कार्की, दिवश सुवेदी, मधुर दुगड, रिसव दाहाल, मुकेश कोठारी, जितेन्द्र कुमार राठी, अविद अली अंसारी, अजिता बराल, पुनित पौडेल, हरिवंश राठी, सन्नी अग्रवाल, पवन पारख, दिवाकर राठी र अजय राठी चयन भएका छन् ।

परिसंघ कोशी प्रदेशको परिषद सदस्यहरुमा राजन भगत, रिता ढकाल, महेश पौडेल, अनुप सिग्देल, सन्जीव सिग्देल, अमित सिंघल, रजत तोदी, निखिल तोदी, प्रशान्त तातेड र भवेश राठी रहेका छन् र्। परिसंघको प्रमुख सल्लाहकारमा महेश जाजु, सलहकार के गभर्निङ काउन्सील सदस्यमा बासुदेव गोलियान, सल्लाहाकार सुशिल धनावत, सल्लाहाकार अन्तराष्ट्रिय सम्बन्ध सन्तोष रिजाल, सल्लाहाकार शंकरलाल ग्रवाल र श्रीनिवास सारडा राखिएका छन् ।

परिसंघको साधारण सभाले संरक्षण तथा भवन निर्माण समितिको संयोजकमा परिसंघका अध्यक्ष पवन कुमार सारडा, विशिष्ठ सदस्यमा मोती दुगड, सदस्यहरुमा विकास दुगड, शिव प्रसाद घिमिरे, महेश सोनी, बिशाल अग्रवाल रहका छन् । त्यसैगरी आर्थिक समितिको सल्लाहकारमा डा. भेषप्रसाद धमला, चार्टर एकाउण्टेण्ट अस्विनी बंशललाई चयन भएका छन् । कानुनी सल्लाहाकारमा अधिवक्ता भरतबहादुर थापा, विनोद तिम्सिनालाई चयन भएको छ ।

यसअघि नेपाल उद्योग परिसंघ कोशी प्रदेशको अध्यक्ष रहेका भीम घिमिरेले अध्यक्षको पद हस्तान्तरण गरेका छन् । घिमिरेले परिसंघको केन्द्रिय उपाध्यक्षको पद सम्हाली रहँदा ३ महिना भित्र कोशी प्रदेश समितिको अध्यक्षको पद हस्तान्तरण गर्ने घोषणा गरेका थिए । एक व्यक्ति दुई पदमा बसिरहनु नहुने बिचारलाई आत्मसाथ गर्दै घिमिरेले आफ्नो कार्यकालको १ वर्ष वाँकी रहेकै अवस्थामा साधारण सभा गरी नयाँ कार्यसमित चयन गरी जिम्मेवारी हस्तान्तरण गरका हुन् ।

यस समाचार क्राइम अपरेशन वाट वाट लिएको हाे ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी – ३, मोरङ नेपाल
mob: 9827072150
email: [email protected]