काठमाडौं / काेशी प्रदेशको राजधानी विराटनगरकाे राजवंशीकाे कप्तानिमा कब्डि जित हासिल गरिएको छ । १९ औं एसियाली खेलकुदको महिला कबड्डीमा विजयी हासिल भएको छ । नेपाल राष्ट्रिय कब्डि टिमले बंगलादेशविरूद्ध विजयी भएपछि नेपाली टिमकी कप्तान मेनुका कुमारी राजवंशीले कबड्डीलाई पनि क्रिकेट र फुटबल जस्तै महत्त्व दिन नेपाल सरकारलाई आग्रह गरेकी छिन् ।
उनले कबड्डीका लागि छुट्टै हलको व्यवस्था गरिनुपर्ने पनि कप्तान राजवंशीले बताइन् ।
भलिबल , फुटबल , क्रिकेट र बास्केटबल हेर्नुहुन्छ नि कबड्डीलाई पनि त्यसरी नै हेरिदिनुस् । कबड्डीकाे लागि काठमाडौंमा एउटा हल बनाइनुपर्यो । जहाँ हामी जतिबेला पनि प्राक्टिस गर्न सकौं , राजवंशीले बताए ।
‘ हरियाणाको अत्यधिक गर्मीमा पनि दिनरात मेहनत गर्यौं , ६/७ वटा मैत्री पूर्ण खेल खेल्यौं , उनले भनिन् , ‘भारतबाट फर्केपछि हाम्रो हल भएन दुई-तीन दिन रंगशालामा प्राक्टिस गर्यौं।
त्यही मेहनतका कारण आजको सफलतासम्म पुगिएको उनले बताइन् ।
आज सोमबार नेपालले बंगलादेशविरूद्धको कबड्डीको १५ मिनेटको पहिलो हाफमा २१-१६ को अग्रता लिएको थियो। दोस्रो हाफमा पनि राम्रो प्रदर्शन गरेपछि नेपालले जित निकालेको हाे ।
महिला कबड्डीको समूह ‘बी’ मा नेपाल, इरान र बंगलादेश छन् । समूह ’ए’ मा दक्षिण कोरिया, भारत, थाइल्यान्ड र चाइनिज ताइपेई रहेको छ ।
एसियाली खेलकुदको महिला कबड्डीमा सात टिमको मात्र सहभागिता रहेको छ । जसमा तीन टिम रहेको समूहमा पर्दा नेपालको एक खेल जिते मात्र सेमिफाइनलमा पुग्ने सम्भावना रहेको छ ।
नेपालको समूहको इरान बलियो टिम हो । अब नेपालले इरानसँग भोलि खेल्नेछ । सो खेल हारे पनि नेपालको सेमिफाइनल सम्भावना हुनेछ । त्यसका लागि पर्सी इरानले बंगलादेशलाई पराजित गर्नु पर्ने हुन्छ ।
एसियाली खेलकुदको कबड्डीमा सेमिफाइनलमा पराजित हुने टिमलाई पनि कास्य पदक जिते व्यवस्था रहेको छ । यसर्थ नेपालका लागि सेमिफाइनलमा पुग्दै कबड्डीबाट कम्तीमा कास्य पदक जित्ने अवसर रहेको छ ।
यस कब्डि खेल समाचार राते पार्टी वाट र तस्बिर हाम्रो खेलकुद वाट लिएको हाे ।