विराटनगर / विराटनगर महानगरपालिकाले स्वास्थ्यतर्फको वार्षिक समीक्षा सम्पन्न गरेको छ ।

महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीको अध्यक्षतामा गत आर्थिक वर्ष २०७९÷८० मा स्वास्थ्यतर्फ वार्षिक समीक्षा सम्पन्न भएको हो । कार्यबाहक मेयर कार्कीले महानगरले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको बताइन् । उनले महानगरवासीले सहज र सर्वसुलभ रुपमा स्वास्थ्य सेवा पाउने गरी कार्य गर्न स्वास्थ्यकर्मीहरुलाई आग्रहसमेत गरिन् ।

प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले महानगर क्षेत्रभित्रका सबै सरकारी तथा गैरसरकारी स्वास्थ्यसँग सम्बन्धित संस्थाहरुले समयमा नै पूर्ण रिपोर्टिङ गर्नुपर्नेमा जोड दिए । उनले निजी संस्थाहरुले विभिन्न खाले बिरामीहरुलाई नेपाल सरकारद्वारा दिइएको छुटसम्बन्धी विवरण चुस्तदुरुस्त राख्नसमेत आग्रह गरे ।

सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले स्वास्थ्य संस्थाहरुले प्रतिवेदनमा पेश भएकाजस्तै वास्तविकतामा अपनाए÷नअपाएनको भनी आत्मसीक्षा जरुरी रहेको औंल्याए ।

विगतका कमीकमजोरीलाई सच्याउँदै महानगरवासी स्वास्थ्य पहुँच अझै सहज बनाउनुपर्नेमा उनको जोड थियो । गत आर्थिक वर्ष स्वास्थ्य क्षेत्रमा सतप्रतिशत बजेट खर्च भएको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए ।

कार्यक्रममा महानगरका तर्फबाट तथ्यांक अधिकृत दीपक भट्टराई, वैजनाथपुर अस्पतालका तर्फबाट सिनियर अहेव अधिकृत भोला तिम्सिना, विराटनगर आँखा अस्पतालका तर्फबाट कुमार पृथुलगायतले आफ्नो संस्थाले गरेका कार्यको प्रस्तुतीकरण दिए ।

यस समाचार खबर पुर्वान्चल अनलाइन विराटनगर पत्रिका वाट लिएको हाे ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी – ३, मोरङ नेपाल
mob: 9827072150
email: [email protected]