विराटनगर / थारु कल्याणकारी सभा मोरंगको निर्वाचन विधान विपरीत नगर्न एक समूहले चेतावनी दिएका छन् ।
जिल्ला सभापतिको उम्मेदवार प्रदीप कुमार विश्वासको समूहले नेपाल पत्रकार महासंघ मोरंगको सभाहलमा पत्रकार सम्मेलन गरी सो चेतावनी दिएको हो ।
थारु कल्याणकारी सभा मोरंग जिल्लाको १० औं महाधिवेशन गर्न पुनितलाल चौधरीलाई प्रमुख निर्वाचन अधिकृत तोकिएकोमा अधिकृतले सभाको विधान २०७५ अनुसार विधानको परिच्छेद ७ को दफा ३१ मा १ सभापति समेत १५ देखि २१ सदस्य जिल्ला कार्य समिति हुनेछ भनी व्यवस्था हुँदा हुँदै सो व्यवस्थालाई वेवास्ता गर्दै निर्वाचन अधिकृत गैरजिम्मेवारी रुपमा सभापति वाहेक असोज २३ गते निर्वाचन गर्न पत्रचार गरेपछि सभापतिका उम्मेदवार प्रदिप कुमार विश्वास समूहले विरोध जनाएको छन् ।
थाकस मोरंगले असोज ८ र ९ को महाधिवेशनमा २ जना सभापतिका लागि उम्मेदवारी दर्ता गराई सकेपछि निर्वाचन अधिकृतले सभापतिमा २ जनाको उम्मेदवारी परेकालाई प्राविधिक कारण देखाई निर्वाचन अधिकृतले असोज ९ गते निर्वाचन स्थगित गरेको थियो ।
सभापतिका उम्मेदवार प्रदिप कुमार विश्वास, उपसभापति जागेश्वर प्रसाद विश्वास, सचीव प्रशान्त चौधरी, कोषध्यक्ष ललीत चौभरी सदस्य मनोज विश्वास र श्रवण सुतिहारको समूहले निर्वाचन अधिकृत पुनितलाल चौधरीको विरुद्धमा जिल्ला प्रशासन कार्यालय मोरंग उजुरी दर्ता गराई सो उजुरी उपर सुवाही भाई विधान सम्वत निर्वाचन गर्न पत्रचार गरि सकेको छ ।
सोही विषयमा उच्च अदालत विराटनगरमा रिट दर्ता गराएकोमा अदालतबाट कारण देखाउ आदेश समेत जारी भई सकेको अवस्थामा निर्वाचन गर्न लागेको भन्दै यदि त्यस्तो गरिए इटाको जवाफ पथरले दिने नमोनारायण माझीले वताए ।
थाकसको निर्वाचन हुनु भन्दा १५ दिन अगाडी निर्वाचनको सूचना जारी हुनुपर्ने, सभापतिको छनौट निर्वाचन प्रक्रियावाट हुनुपर्ने र थाकसको विधान अनुसार निर्वाचन हुनपर्ने, यदि त्यसो नगरीए त्यसको कडा प्रतिवाद गर्ने सभापतिका उम्मेदवार प्रदिप कुमार विश्वासले वताए ।
यस समाचार क्राइम अपरेशन वाट साभार गरिएको छ ।