विराटनगर / विराटनगरको बरगाछी चोकमा रहेको कृष्णप्रसाद कोइरालाको शालिक ट्रक ठोक्किएर दुर्घटना भएको छ । बर्गाछि चाैककाे बीच सडकमा साैन्दर्य करण देखियोस भनेर निर्माण गरिएको कृष्णप्रसाद काेइरालाकाे दुर्घटना भएको छ । काेइरालाकाे शालिक विहीबार राती लगभग ९ बजेको समयमा इटहरीबाट विराटनगरतर्फ आउदै गरेको ना ३ ख ४५७९ नम्बरको मालबहाक ट्रक शालिकमा ठोक्किएको थियो ।
दुर्घटना हुँदा ट्रक चालक टोपबहादुर कार्कीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी मोरङका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । घाइते चालकको अहिले विराटनगर स्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भिर रहेको उपचारमा खटिएका चिकित्सकले बताएका छन् ।
उक्त दुर्घटनामा ट्रकको अघिल्लो भागमा चक्का क्षति भएर काम नलाग्ने भएको छ । दुर्घटनामा परेका ट्रक र सालिक स्थानियवासिहरुले ब्यवस्थापन गरिएको छ ।
विराटनगरकाे उक्त बर्गाछि सालिक यस अघि पनि टिपरको ठक्करले दुई पटक भत्केकाे थियोे । उक्त स्थानमा पहिला बरगाछिको रुख हुने गरेको थियोे । तेसैले बरगाछि उक्त ठाउँलाई भनिन्थियो । तर बिगतमा विभिन्न राजनितिज्ञहरुले रुखको ठाउँमा सालिक बनाइएको थियो । बरगाछीमा सालिक निर्माण गरेको विषय विवाद समेत बन्दै आइरहेकाे छ ।