Rajbanshi Khabar

आइतबार, आश्विन २१, २०८०

विराटनगर / विराटनगरस्थित मानवसेवा आश्रममा आश्रित व्यक्तिहरुका लागि सहगोगी हातहरु पछिल्लो समय बढ्दै गएका छन् ।

विभिन्न कारणले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन बन्न पुगेका व्यक्तिहरुलाई मानवसेवा आश्रमले आश्रय दिँदै आएको छ । आश्रमको कार्यबाट प्रभावित भएर समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुले भोजन गराउनदेखि आर्थिक सहयोग गर्ने क्रम बढ्दै गएको हो । यसै क्रममा सोह्रश्राद्धको अवसर पारेर कवि एवं पत्रकार मीनकुमार नवोदितले मानवसेवा आश्रममा आश्रितहरुलाई आज बिहानको भोजन गराए ।

नेपाल प्रेस युनियन कोशी प्रदेशका अध्यक्षसमेत रहेका नवोदितले बुवा गंगाबहादुर र आमा धनमाया श्रेष्ठसहित पितृहरुको स्मृतिमा आश्रित सडकआश्रित मानवहरुलाई भोजन गराएका हुन् । सो अवसरमा नवोदितले अनावश्यक खर्चलाई कटौती गरेर सडक आश्रित मानवहरुलाई सहयोग गर्नुपर्नेमा जोड दिए । वैवाहिक उत्सव, जन्मदिन, पितृकार्यलगायत विभिन्न अवसरमा हुने खर्च आश्रित मानवका लागि खर्च गर्दा छुट्टै आनन्द आउने उनको भनाइ थियो ।

कार्यक्रममा विराटनगर महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष तीर्थेन्द्र नेउपानेले समयसँगै संस्कार र संस्कृतिमा पनि परिवर्तन हुनुपर्ने बताए । मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएको बताउँदै नेउपानेले विभिन्न नाममा गरिने अनावश्यक खर्चलाई कटौती गरेर आश्रित असहायहरुका लागि खर्च गर्न सबैलाई आग्रहसमेत गरे । युवा पत्रकार वीरेन्द्रकुमार साहले आफूले विगतदेखि नै मानव सेवा आश्रमसित नजिक भएर काम गरिरहेको सुनाए ।

आश्रममा ६० जना महिलाहरुले आश्रय लिएको मानवसेवा आश्रमकी स्वयमसेवक पार्वती तिवारीले जानकारी दिइन् । पछिल्लो समय वैवाहिक उत्सव, जन्मदिन, पितृकार्यलगायतका अवसरमा आश्रममा आश्रितलाई खाना खुवाउने र आर्थिक सहयोग गर्ने क्रम बढ्दै गएको तिवारीले बताइन् । सो अवसरमा व्यवसायी श्याम श्रेष्ठले खाद्य सामग्री प्रदान गरे ।

यस समाचार खबर पुर्वान्चल वाट साभार गरिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी – ३, मोरङ नेपाल
mob: 9827072150
email: [email protected]