कटहरी / इजरायलकाे आक्रमणमा परि मृत्यु भएकाे विषयलाई लिएर सार्वजनिक विदा दिएको छ । उक्त घटनामा परि मृत्यु भएको नेपालीको शोकमा सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ ।
आज सोमबार काठमाडौंमा दिउँसो बसेको मन्त्रिपरिषद्को विशेष बैठकले उक्त निर्णय गरेको हो । त्यसैगरि , आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०/१० लाख राहत स्वरुप सहयोग दिने निर्णय पनि गरिएको छ ।
नेपालबाट इजरायल इन्टर्नमा गएकामध्ये १० विद्यार्थीको मृत्यु भएको थियो । अन्य केही घाइते भएका छन् । बंकरमा लुकेर रात बिताइरहेकाहरूले उद्धारको याचना गरेका छन् ।