विराटनगर / सुनसरी जिल्लाकाे इटहरी उपमहानगरपालिका वाडा नम्बर-१७ कि कमला तामाङको खुकुरी प्रहारबाट मृत्यु भएको छ ।
हिजो अपरान्ह ४ बजे इटहरी उपमहानगरपालिका नम्बर-१७ मझौरा कि ३२ बर्षीया कमला तामाङलाई उनकै ज्वाईले खुकुरी प्रहार गरी हत्या गरिएको छ । उनको नाता पर्ने भोजपुर साल्पासिलिचोक ९ का ४९ बर्षीय निमा तामाङले मादक पदार्थ सेवन गरिएको समयमा सामान्य विवाद भएपछि घाँटीमा खुकुरी प्रहार गरी घाईते बनाएका थिए ।
घाईते भएकी तामाङको उपचारको क्रममा आर्या न्युरो अस्पताल विराटनगरमा सोही दिन साँझ मृत्यु भएको थियो । खुकुरी प्रहार गर्ने उनको जवाईँ निमा तामाङलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिई घटना थप अनुसन्धान गरीरहेको जनाएका छन् ।