कटहरी / विराटनगर माहानगरपालिका वडा – ६ शनि मन्दिर चाेकवाट बिशेष सुचनाकाे आधारमा अबैध हुण्डी काराेबार रकम नेपाली रुपियाँ २१ लाख ८७ हजार सहित एक जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय माेरङले जनाएको छ ।
आज मङगलवार अन्दाजि ३ बजे कोशी प्रदेश प्रहरी कार्यालय, प्रादेशिक अनुसन्धान समूह (PIT) र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बर्ष १६ नावालकको साथबाट पछाडी भिर्ने कालो झोलामा बोकी ल्याउँदै अबैध हुण्डी कारोबारको रकम नेपाली रुपैया नगद रु.२१,८७,०००/- सहित नियन्त्रणमा लिइएको साथै निजको साथमा रहेको मोटर साइकल र कागजपत्र समेत बरामद गरी थप अनुसन्धान भै रहेको ।
नोटको विवरण यस प्रकार छन् ।
नेपाली रु. १००० दरको १६८७ थानको जम्मा रू.१६,८७,०००/-, रू. ५०० दरको १००० थानको रू. ५,००,०००/-
गरी जम्मा रू.२१,८७,०००/
अन्य बरामद सामग्रीकाे विवरण यस प्रकार छन् ।
(१ ) कुमारी बैंक लिमिटेडको चेकबुक थान-१
(२) NIC ASIA Bank को काटिएको चेक थान-१
(३) ग्लोबल आईएमई बैक लिमिटेडमा विभिन्न मितिमा जम्मा गरिएको रसिद थान-४
(४) प्रदेश १-०२-०४३ प ६२४१ नम्बरको १५० cc को पल्सर बाईक – १ थान