कटहरी / माेरङकाे कटहरी गाउँपालिका – २ स्थित नेपाल गनगाई महिला परिषद केन्द्रीय कार्य समितिले विभिन्न कार्यक्रमको आयोजना गरेर सामाचकेवा मनाएको छ ।

गनगाई समुदायमा लोप हुन लागेको सामाचकेवालाई संरक्षण गर्ने उदेश्यले नेपाल गनगाई महिला परिषद केन्द्रीय कार्य समितिले विभिन्न कार्यक्रमको आयोजना गरी सामाचकेवा मनाएको हो ।

सामचकेवा गनगाई समुदायका महिलाहरुले परापुर्वकाल देखि दिदी बहिनी, दाजुभाई बिच सुमधुर सम्बन्ध कायम राख्नका लागि मनाइने पर्व मध्येको सामाचकेवा पनि एक हो । सामा भनेको वहिनी चकेवा भनेको भाई हुन उनीहरु त्रेता युगमा कृष्ण भगवान चराको रुपधारण गरेर बहिनीलाई रक्षा गरेका थिए ।

यसरी उनलाई भगवान कृष्णले आफ्नो माया ममता दिएकोले पूर्णिमाको अवसरमा सामाचकेवा मनाएको नेपाल गनागाई महिला परिषद केन्द्रीय कार्य समितिकी अध्यक्ष आशा सरदारले बताउनुभयो । यो जातिका महिलाहरु एक ठाउँमा भेलाभई अर्थात समूह बनाई महिलाहरुले माटोको समा चकेवा ,सतभैया, कचबचिया, चराहरु कुचोको बिन्दाबन बनाएर एक ठाउँमा भेला भइ सामुहिक सामाचकेवा मनाउने गरेको छ ।

आ–आफ्ना घररिवारका सदस्यहरु स्वास्थ्य र राम्रो रहोस्, भन्ने विश्वास राख्छन् । यसरी समाले आफ्ना दाजु भाई प्रति आयु लामो होस कुनै पनि कार्यहरुमा विजय प्राप्त गर्न सकुन भनेर गरेको कामना त्रेता युगमा सत्य कायम रहेको नेपाल गनगाई कल्याण परिषदका केन्द्रीय अध्यक्ष बालदेव मण्डलले बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधि सभाका सभा सदस्य योगेन्द्र मण्डलले सामाचकेवा गनगाई जातिले परापूर्वकालदेखि मनाईदै आईरहेको दावि गर्नुभयो । उहा“ले यो पर्वलाई संरक्षण गर्न सदनमा आवाज उठाउने प्रतिवद्धता व्यक्तगर्नुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी – ३, मोरङ नेपाल
mob: 9827072150
email: sanjayrajban9812@gmail.com