Rajbanshi Khabar

बिहिबार, मंसिर २८, २०८०

बेलवारी / बेलबारी नगरपालिका–३ मा रहेको नेपाल प्रहरीले सञ्चालन गरेको कोशी प्रदेश स्तरीय अस्पताल रातारात सारेर सुनसरीको इनरुवा सारिए पछि बेलबारी नगरपालिकाले आपत्ति जनाएको छ ।

के कति कारणले नगरबासी निदाएका बेला मध्यरातमा अस्पतालका सरसामान इनरुवा पु¥याइयो भन्दै बेलबारीका प्रदेश सांसदलगायत जनप्रतिनिधीहरुले प्रदेश सरकारसंग प्रश्न गरिरहेका छन् ।

आज दिउँसो बेलबारी ३ स्थीत रहेको प्रदेश प्रहरी अस्पतालको अगाडी पत्रकार सम्मेलन गर्दै बेलबारी नगरपालीकाले प्रदेश प्रहरी अस्पताल सारिएको घटना प्रती आपत्ति जनाएको हो । मंसिर २६ गते मध्यराती सो अस्पताल अपहरण शैलीमा सुनसरी जिल्ला समन्वय समितीमा अनाधिकृत रुपमा स्थान्तरण भएको घटना प्रती दुख व्यक्त गर्दै बेलबारी नगरपालीकाले प्रेस विज्ञप्ती मार्फत ध्यानाकर्षण गराएको छ ।

प्रदेश प्रहरी अस्पताल अनाधिकृत रुपमा सारीएको घटना प्रती बेलबारीका सबै राजनैतिक दलको नगरपालीकाले जारी गरेको प्रेस विज्ञप्तीमा ऐक्यवद्धता रहेको भन्दै र स्थान्तरण भएको अस्पताल पुन सोही ठाँउमा स्थापना गर्न माग गर्दै नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी (केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा समाजवादी पार्टीको तर्फबाट हस्ताक्षरसहित विज्ञप्ती जारी गरेका छन् ।

हिजो कोशी प्रदेशको राजधानी बिराटनगर स्थीत मुख्यमन्त्रीको कार्यलय पुगेका स्थानीयसहित राजनीतिकर्मी, जनप्रतिनिधि र सरोकारवालाले अस्पताल साविककै स्थानमा पुनःस्थापित गराउन माग गर्दै मुख्यमन्त्री केदार कार्कीलाई समेत ध्यानाकर्षण गराईसकेका छन् ।

नेपाल प्रहरीको व्यवस्थापनमा बेलबारी सञ्चालित अस्पताल एक्कासि सारिएपछि आज त्यस क्षेत्रका प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदी, मानबहादुर लिम्बू, गीता तिम्सिना, उपमेयर नितु थापा कोईराला र स्थानीय राजनीतिकर्मीलगायतले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै स्थान्तरण भएको अस्पताल पुन सोही ठाँउमा स्थापना गर्न माग गरेका हुन् । “विहान एकाएक अस्पताल त खाली भएछ भनेर खबर आएपछि हामी सबै हतारिएर हेर्न गयौँ । रातबिरात अरूको सुरक्षा गर्ने प्रहरीले आफ्नै अस्पताल नगरबासी निदाएका बेला मध्यरातमा सारेर लगेछन्, यो घटना एकदमै दुखद रहेको” मोरङ बेलबारी नगरपालिकाकी उपमेयर कोइरालाले बताईन् ।

“रातको समयमा सरसामान लगिएपछि हामी सबै छक्क परेका छौँ । केही विषय भए छलफल गर्दा हामी निकास निकाल्ने थियौँ । तर, त्यस्तो केही भएन,” प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीले भने ।

२०७९ फागुन ११ गते तत्कालीन प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले बेलबारीमा प्रादेशिक प्रहरी अस्पताल उद्घाटन गरेका थिए । इलाका प्रहरी कार्यालय बेलबारी नयाँ भवनमा सरेपछि राजमार्गसँगै रहेको प्रहरी भवनमा अस्पताल सञ्चालन गरिएको थियो ।

सञ्चालनको एक वर्ष पनि नपुग्दै सुनसरी जिल्ला समन्वय समितिको भवनमा अस्पताल सारिएको छ । उपमेयर थापाले प्रहरी अस्पताललाई नगरपालिकाले एसी जडान गर्नेदेखि अन्य सहयोग समेत गरेको बताईन् । प्रदेश प्रहरी अस्पताललाई हामीले बेलबारी ४ मा निर्माण सम्पन्न हुनै लागेको पर्याप्त सुविधा र क्षेत्रफल रहेको नगर अस्पताल दिन्छौ भनिरहेकै थियौ तर उहाँहरु हामिलाई जानकारी समेत नदिई रातिनै निस्किए जानुभएछ उपमेयर थापाले बताइन् ।

यस समाचार खबर पुर्वान्चल अनलाइन पत्रिका वाट साभार गरिएको हाे ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी – ३, मोरङ नेपाल
mob: 9827072150
email: [email protected]