विराटनगर / सशस्त्र प्रहरीले १६ लाख १० हजार रुपियाँ बरामद गरिएको छ । मोरङको विराटनगरबाट स्रोत खुल्न नसकेको १६ लाख १० हजार रुपैयाँ बरामद गरेको छ ।
विराटनगर महानगरपालिका वडा – ७ स्थित भुमि प्रशासन रोड स्थित सीमा सुरक्षा गुल्म रानीबाट खटिएको गस्ती टोलीले उक्त रकम बरामद गरेको हो ।
उक्त स्रोत नखुलेको रकम विराटनगर वडा – १५ रानीका ४० वर्षीय लक्ष्मण प्रसाद साहलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रयोग गरेको माेटरसाइकल को १९ प ४४३४ नम्बरको माेटरसाइकल नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रहरीले बरामद रकम तथा मोटरसाईकल साहलाई आवश्यक छानविन तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको जनाएको छ । उक्त बरामद भएको रकममा एक हजार दरको ८८५ थान , पाँच सय दरको १६९ थान , एक सय दरको ९०० थान , पचास दरको ५ थान , बिस दरको १२ थान र दश दरको नोट १ थान रहेको जनाइएकाे छ ।
पक्राउ परेका साहले आफ्नो साथमा भएको रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।