विराटनगर / विराटनगर महानगरपालिका वडा नं. ८ मा रहेको सामुदायिक विद्यालयहरुमा योग अभ्यास कार्यक्रम बुधवार देखि शुरु गरिएको छ ।
योग अध्यास कार्यक्रम अन्तर्गत पहिलो चरणमा ज्ञान निकुञ्ज आधारभुत विद्यालयमा ५ दिने योग शिविर सम्पन्न भएको छ ।
सामुदायिक विद्यालयहरुलाई लक्षित गरि विद्यालयमा योग कार्यक्रम शुरु गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिदै योगका माध्यमबाट विद्यार्थीमा बौद्धिक क्षमता अभिबृद्धि गर्ने र शारिरीक रुपमा स्वस्थ राख्ने उद्देश्य सहित वडाले विद्यार्थी लक्षित कार्यक्रम शुरु गरेको उहाँको भनाई छ ।
ज्ञान निकुञ्ज आधारभुत विद्यालयको समापन कार्यक्रममा वडाध्यक्ष पोखरेलले विद्यालय तथा समुदायमा योग विषयलाई अघि बढाउन आफु प्रयत्नशिल रहने वताए । विद्यालयमा योग शिक्षाको नयाँ अवधारणाको परिकल्पना आफ्नो वडाबाट शुरु गरिएको र सो कार्यमा पतञ्जली योग समितिले सहकार्य गरेकोमा धन्यवाद दिनु भएको थियो ।
सो कार्यक्रममा वडा नं. ८ का सदस्यहरु ताराकुमारी राय, भुवन राजवंशी, पवित्रा विश्वकर्मा, मो.अब्बास, वडा कार्यालय सचिव मनोज मल्लिक, विद्यालयका शिक्षक शिक्षिका, पतञ्जली मोरङ अध्यक्ष सुरेशकुमार अग्रवाल, आजिवन सदस्य चन्द्रमणी गुरागाई, महिला पतंजली योग मोरङकी प्रतिनिधि सरस्वती दाहाल, महानगर समितिका महासचिव प्रल्हादप्रसाद दङ्गाल, संगठन सचिव हरि भट्टराई, सदस्यहरु जुना नेपाल, चक्रप्रसाद लुईटेल, योग शिक्षक केवलराम कोईराला, उमेश घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
पतञ्जली योग समिति मोरङ, महिला पतञ्जली योग समिति मोरङसँगको सहकार्यमा विराटनगर–८ का शुशिक्षा निकुञ्ज विद्यालयमा माघ ७–१२, महेन्द्र माध्यमिक विद्यालयमा माघ १३–१८, र मदर्शा तालिमुल कुरानमा माघ २०–२५ सम्म ५÷५ दिने योग शिविर सञ्चालन हुने वडाध्यक्ष पोखरेलले जानकारी दिए ।
ज्ञान निकुञ्ज आधारभुत विद्यालयमा भएको योग अभ्यास कार्यक्रम पतञ्जली योग पीठ नेपालकी आजिवन सदस्य तथा महानगर समिति विराटनगर अध्यक्ष शिल्पा प्याकुरेलको सभापतित्वमा सम्पन्न भएको थियो ।
यस समाचार क्राइम अपरेशन अनलाइन पत्रिका वाट साभार गरिएको हाे ।