Rajbanshi Khabar

आइतबार, माघ १४, २०८०

विराटनगर / विधालयमा शिक्षक हाजिर गराएपछी नवज्योति आधारभुत विधालयमा दरबन्दी मिलानस्वरुप सरस्वति फुयाललाई हाजिर गराएपछि बर्जु गाउँपालिकामा केहिबेर तालाबन्दी गरिएको छ ।

सरस्वति फुयाललाई भोजपुरको सिद्धकाली आधारभुत विधालयबाट दरबन्दी मिलान गर्दै आज ( आइतबार) बर्जु २ मा रहेको नवज्योति आधारभुत विधालयमा हाजिर गराएपछि पालिकामा असंन्तुष्ट पक्षले केहिबेर तालाबन्दी गरेका थिए ।
नवज्योति आधारभुत विधालयका प्रधानध्यापक शिवशंकर रायको अवकास भएको एक महिना पुगेको छ । पुस १४ गते रायले विधालयबाट अवकास पाएपछि उनको स्थानमा पिताम्बर सापटकोटा नयाँ प्रधानध्यापक भए । प्रधानध्यापक भएपछि सापाकोटाले विधालय व्यवस्थापन समिति र गाउँपालिकासँग समन्वय गरेर नयाँ शिक्षिका फुयाललाई विधालयमा आइतबार हाजिर गराएपछि असंन्तुष्ट पक्षले तालाबन्दी गरेको स्रोतले जानकारी दिएका छन् ।

नवज्योति आधारभुत विधालयका शिक्षिका पुनिता मण्डलले शिक्षा आयोगबाट माविमा नाम निकालेर विधालयबाट विदा भएर खोटाङ गएपछि उनको ठाउँ खाली भएको थियो । मण्डलको कोटा खाली भएपछि उनको स्थानमा आफनो मान्छे ल्याउन विभिन्न समुहले प्रयास सुरु गर्न थालेका थिए । आज विधालय व्यवस्थापन समितिका अध्यक्ष मुकेश कुमार राय र विधालय प्रशासनले भोजपुरको अरुण गाउँपालिकाको सिद्धकाली आधारभुत विधालयमा अध्यापन गराइरहेकी सरस्वति फुयाललाई विधालयमा हाजिर गराएका छन् । फुयाल २०७६ मंसिरमा सिद्धकाली आधारभुत विधालयमा अध्यापन गर्न नियुक्ति लिएकी थिइन् ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी – ३, मोरङ नेपाल
mob: 9827072150
email: [email protected]