विराटनगर / माेरङकाे कटहरी गाउँपालिका वडा नं. ३ बस्ने कल्पनाथ राजवंशीले मेरो छोरालाई तीन वर्ष अगाडी काम लगाई दिन्छु भनी लगेर वेपत्ता पार्ने व्यक्ति खुलेआम घुमिरहेको छ बताउदै छोराको खोजी कार्यमा प्रहरी प्रसाशन समेत उदासीन देखिएको आरोप लगाएको छ ।
नेपाल पत्रकार महासंघ मोरंग शाखाको सभाहलमा पत्रकार सम्मेलन गरी मेरो छोरा ३५ वर्षिय राम प्रसाद राजवंशीलाई वेपत्ता पर्ने कटहरी–३ बस्ने फर्मेस भन्ने रोकी राजवंशीले वेपत्ता पारेको र छोराको खोजी गर्ने कार्यमा प्रहरी प्रशासन उदासीन भएको आरोप लगाएको हो ।
पत्रकार सम्मेलमा कल्पनाथ राजवंशीले भने मेरो छोरालाई २०७७ कार्तिक ३ गते स्थानीय फर्मेस भन्ने रोकी राजवंशीले फकाई फुलाई काम लगाई दिन्छु भन्दै हाम्रो परिवारमा कसैलाई पनि कुनै जानकारी नदिई हेटौंडा लगेको थियो । त्यसपछि छोरा रामप्रसाद राजवंशीसँग परिवारको सम्पर्क छैन ।
२०७७ सालमै फर्मेसका विरुद्ध मोरङ प्रहरीमा उजुरी दर्ता गराएको थिए । अहिलेसम्म फर्मेस भन्ने रोकी राजवंशीको विरुद्ध प्रहरीले कुनै कारवाही नगरेको पिडितको भनाई छ । वेपत्ता पार्ने राजवंशीकाे प्रहरीसंग समेत मिलोमतो रहेको भन्दै पत्रकार सम्मेलन गर्न आउँदा पनि प्रहरीको भेन पत्रकार महासंघ सम्म पछि पछि आएको समेत खुलास गरे ।
फर्मेस भन्ने रोकी राजवंशी घर आउँदा मेरो छोरा कहाँ छ भनी सोध्दा अहिले पनि काम गरि रहेको तर मेरो सम्पर्कमा नरहेको वताउँछन । पिडित परिवारले छोराको लास चाहियो कि सास भन्दै भौतारी रहेका छन् ।
छोरा वेपत्ता भएपछि ६५ वर्षीय बुवा कल्पनाथ राजवंशी ६० वर्षीय आमा जानकीदेवी राजवंशी, ३० वर्षीय श्रीमती रेखादेवी राजवंशी, ११ वर्षीय छोरा बादल राजवंशी र ७ वर्षीय छोरा आर्यन राजवंशीले विच्चलीमा परेका छन् ।
यस समाचार क्राइम अपरेशन अनलाइन पत्रिका वाट साभार गरिएको हाे ।