कटहरी / कटहरीमा मुडियारी वडा सम्मेलन सम्पन्न भएको छ । नेपाल मुडियारी भाषा संस्कृति पहिचान उथान केन्द्रले कटहरी वडा नम्बर ५ स्थित अस्ति सनिवार मुदाय भवनमा वडा सम्मेलन भब्यताका साथ सम्पन्न गरिएको छ । ९औं कार्य समिति सम्मेलन पहिलो सत्र सकिए लगत्तै बन्द सत्रमा निर्वाचित अध्यक्ष बिहालाल मुडियारी भएका छन् ।
उक्त सम्मेलनमा ११ सदस्यीय समिति गठन गरिएको नेपाल मुडियारी भाषा संस्कृति पहिचान उथान केन्द्रका अध्यक्ष सुर्य मुडियारीले जानकारी गराए । उपाध्यक्ष सविता मुडियारी , सचिवमा लक्ष्मण मुडियारी , सहसचिव किशोर मुडियारी , काेषाअध्यक्ष गीता मुडियारी रहेका छन् ।
उक्त सम्मेलन कार्यक्रममा जनप्रतिनिधि , वुद्धिजि , समाज सेवि तथा स्थानीयकाे बाक्लो उपस्थिति रहेको थियोे ।