अहिले विश्वभरी खानेपानी तथा खानेपानी व्यवस्थापन गर्ने सङ , संस्था र सरकार यस विषयमा जाेरदारका साथ लागिपरेका छन । अहिले विश्वमा मिनि वाटर , जार जस्ता बाेतलमा पानी बिक्रीवितरण गाउँ , सहर र बजार भरी भइरहेकाे अवस्था देखिन्छ ।
नेपाल सरकारकाे संघिय खानेपानी मन्त्री राजेन्द्र कुमार राईले तिनै तहको सरकार सङ सहकार्य गरि खानेपानी समस्या समाधानका लागि स्थानीय , प्रदेश र संघिय सरकार मिलेर खानेपानीको समस्या समाधान गर्नुपर्ने वताएका छन् ।
टंकीसिनुवारी खानेपानी तथा सरसफाइ सामुदायिक संस्था बुढीगंगा वडा – ३ नेमुवा मोरंगको १३ औं वार्षिक साधारण सभा एवम् संस्थाद्वारा संचालित टंकी सिनसवारी सहलगानी खानेपानी तथा आयोजनाको समुद्घाटन गर्दै खानेपानी मन्त्री राजेन्द्र राईले वताएका हुन् ।
वन जङ्गल विना पानीको मुहान संचित गर्न सकिदैन , कार्यक्रम खानेपानीकाे उदघाटन भए पनि खानेपानी कसरी बचाउन सकिन्छ यस विषयमा मन्त्री राई केही नबाेलेपनि त्यो समस्यालाई समाधान गर्न तीनै तहको सरकार योजना वनाएर बजेट बनाउनु पर्छ भन्दै शुद्ध पानी पिउन आम नागरिकको अधिकार भएको मन्त्री राईले वताए । पहिला पहिला ६० , ६५ फिटमा पानी आउने तर अहिले एक सय बढि गहिरो ट्यवेल गरिए पनि पानी सहज तरिकाले नआउने बताउनु भयो ।
टंकीसिनुवार सह लगानी खानेपानी तथा सरसफाई आयोजना निर्माण्मा नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशतको लगानीमा आयोजना निर्माण भएको छ । आयोजनामा कुल लागत ३० करोड ७८ लाख ४७ हजार १ सय २५. ८१ रुपियाँ लागेकोमा नेपाल सरकारवाट २१ करोड ५४ लाख ९२ हजार ९ सय ८८.०७ रुपियाँ र उपभोक्ता समितिवाट ९ करोड २३ लाख ५४ हजार १ सय ३७.७५ रुपियाँ लगानी भएको छ ।
यस बहुवर्षे आयोजना अन्तर्गत २०७७ साल जेष्ठ १३ गते काम शरु गरी निर्माण समय थप गर्दै अन्तिम अन्तिम समय २०८१ अषाढ १० रहेकोमा सो अगावै निर्माण कार्य सम्पन्न भएको आयोजना संचालक समितिका उपाध्यक्ष भुवनेश्वर मण्डलले वताए ।