विराटनगर / पाँच दशकको इतिहास बोकेको विराटनगर जेसीजले आउँदो जेष्ठ २६ गते शनिवार देखि जेसीज सप्ताह मनाउने तयारी गरेका छन् ।

जेसीज भवन विराटनगरमा पत्रकार सम्मेलन गरी जेसीज विराटनगरका अध्यक्ष तुलसी निरौलाले जेसीज सप्ताहमा विभन्न कार्यक्रम गरी मनाउने जानकारी गराएको हो ।
जेसीज सप्ताहको पहिलो दिन अर्थात जेष्ठ २६ गते शनिवार सहिद रङ्गशालावाट रन विराटनगरलाई निरन्तरता दिदै दौड प्रतियोगिता गरिने छ । दौड प्रतियोगितामा सहभागी हुनेहरुले ५० रुपियाँ तिरेर रजिष्ट्रेशन गर्नुपर्ने छ । सो प्रतियोगितमा करीब १ सय ५० जना सहभागी गराउने र प्रथम हुनेलाई नगद ५ हजार, दोस्रो हुनेलाई ३ हजार र तृतीय हुनेलाई २ हजार पुरस्कार प्रदान गरिने अध्यक्ष निरौलाले वताए ।

त्यसैगरी जेष्ठ २७ गते आईतवार बिराट बहिरा माध्यमिक विद्यालयमा चित्रकला प्रतियोगित आयोजना र जेष्ठ २७ गते जेसी बाल सदनमा स्वास्थ शिविर संचाल गर्ने भएको छ । जेष्ठ २९ गते शिक्षा विकास माध्यमिक विद्यालय ग्रामथानका विद्यार्थी भाई–वहिनीहरुलाई स्टेशनरी र स्पोर्टका सामग्री वितरण र जेष्ठ ३० गते विराटनगर जेसीजको सचिवालयमा टिम बिल्डिङ तालिम संचालन गर्ने कार्यक्रम रहेको संयोजक जेसी प्रितेश राज दाहालले जानकारी गराए ।

जेसीज सप्ताहको अन्तिम दिन जेष्ठ ३२ गते बेलुकी ५ बजेदेखि होटल स्वागतममा जेसीज सप्ताह समापनको अवसरमा समाजमा विशिष्ठ योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान गरी समापन हुने विराटनगर जेसीजका महासचिव प्रशान्त घिमिरेले वताए ।

यस समाचार क्राइम अप्रेसन अनलाइन पत्रिका वाट साभार गरिएको हाे ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी – ३, मोरङ नेपाल
mob: 9827072150
email: [email protected]