राजेश कुमार राजवंशी /विराटनगर

आइतबार, आषाढ ३१, २०८१

विराटनगर / स्वास्थ्य तथा जनस्ख्या मन्त्रालय को सचिव डा. रोशन पोखरेलले कोशी प्रदेशमा पूर्णखोप सुनिश्चितता छैठो स्थानमा भएको हो। स्वयम सेवक लाई धन्यवाद दिदै यो तपाई हरुको कामले म शुशी छु यसरी नै काम लाई निरन्त रुपले अगाडि वढाउन पर्छ वताउँनु भयो ।कोशी प्रदेश पुर्ण खोप घोषणा प्रदेश सरकार स्वास्थ्य मन्त्रालय समितिको सचिवालय स्वास्थ्य निर्दे‌शनालय धनकुटाले आज कोशी प्रदेशका मुख्य मन्त्री हिकमत कार्कीले पानसमा बती वालेर उद्‌घाटन गरे छ।

मुख्यमन्त्री कार्कीले स्वयसेवेका स्वास्थ्य क्षेत्र समबन्धी काम गर्ने लाई हौसलाका साथ लाग्नुपर्छ अग्राह गरे। स्वास्थ मन्त्रालय सँग समन्वय गरी कुनै पनि बालबालिका खोप बाट बन्चित नहोस् त्यो बालबालिका अधिका हो वताउनु भयो। नाराकासाथ संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (तत्कालिन स्थानीय विकास मन्त्रालय) र स्वास्थ्य तथा जनासंख्या मन्त्रालयवाट संयुक्त रूपमा पूर्णखोप सुनिश्चितता राष्ट्रिय निर्देशिका २०७१ (संशोधन २०७७) जारि गरी खोज र खोपको रणनीति लागु गरियो प्रत्येक वर्ष सबै वडामा माघ, फाल्गुन, चैत्रमा स्वास्थ्यकर्मीबाट घरधुरी सर्वेक्षण गरी छुट खोप पूरा गराएर प्रत्येक वर्ष वैशाख महिनामा सवै वडा, सबै स्थानीय तह र सबै जिल्ला पूर्णखोप सुनिश्चित भएको प्रमाणीकरण घोषणा गर्ने नीति अनुरुप कोशी प्रदेशमा पनि यो कार्य निरन्तर भै रहेको व्यहोरा जानकारी गराउन चाहन्छु ।

खोप अति महत्वपूर्ण आधारभूत स्वास्थ्य सेवा हो आधारभूत स्वास्थ्य सेवाको व्यवस्थापन्, संचालन गर्ने जिम्मेवारी सम्बिधानत: स्थानीय सरकारको रहेको छ सोहि अनुसार खोप सेवाको प्रभावकारी संचालन व्यवस्थापन गरी खोप सेवा सवैको पहुचमा रहेको यकिन गर्ने जिम्मेवारी पनि स्थानीय तहको नै हुने हुन्छ । यही मर्म अनुरुप खोप सेवाको संचालन व्यवस्थापन र खोप सेवाको पहुच वृद्दी गरी सबै बालबालिकाहरुले पूर्णखोप पाएको सुनिश्चित र प्रमाणीकरण गर्न तहगत खोप समन्वय समिति वडासम्म व्यवस्था गरिएको छ. पूर्णखोप सुनिश्चितता सबै भन्दा पहिला वडा बाट शुरु हुन्छ .यो कार्यको अनुगमन, व्यवस्थापन र प्रमाणीकरण वडा खोप समिति वाट हुन्छ, सबै वडा प्रमाणीकरण भए पछी सो को अनुगमन गरी पालिका पूर्णखोप सुनिश्चित गर्ने जिम्मेवारी पालिका खोप समन्वय समितिको हुन्छ यसै गरी सबै सबै स्थानीय स्थ तहले पूर्णखोप सुनिश्चित गरेपछी सो को अनुगमन गरी जिल्ला खोप समन्वय स्मित्वाट पूर्णखोप जि जिल्ला सुनिश्चित भएको प्रमाणीकरण गरिन्छ सबै जिल्लाले पूर्णखोप सुनिश्चित गरे पछी सो को अनुगमन गरेर प्रदेश खोप समन्वय समितिबाट प्रमाणीकरण गर्दछ भने प्रदेश पूर्णखोप घोषणाको लागि रास्ट्रीय रास्ट्रीय खोप समन्वय समितिवाट प्रमाणीकरण पृथ्रात प्रदेश पूर्णखोप घोषणा आज हुदैछ.. पालिकाको कुनै वडा सुनिश्चित / प्रमाणीकरण नभएमा पालिका पूर्णखोप हुदैन, तेस्तै कुनै १ पालिका पूर्ण खोप नभएमा जिल्ला पूर्ण खोप हुन सक्दैन, यसै गरि बु कुनै एक जिल्ला पूर्णखोप सुनिश्चित सकेन भने प्रदेश पूर्णखोप सुनिश्चित हुन सुक्दैन ।

यहि कारणबाट विगत वर्षमा पूर्णखोपको क्रियाकलाप सघन रुपमा संचालन भै रहेता पनि कुनै वार्ड/ पालिका/जिल्ला पूर्णखोप सुनिश्चित नभएको कारण यस अघि कोशी प्रदेशलाइ पूर्णखोप सुनिश्चित गर्न नसकिएको व्यहोरा निवेदन गर्न चाहन्छु।हालको यो आ.व. मा पहिलो पटक कोशी प्रदेशका सबै वडा, पालिका र जिल्ला पूर्णखोप सुनिश्चित भएको प्रमाणीकरण भएकोले प्रदेश सरकारबाट सोहि अनुसार कोशी प्रदेश यो आ.व.मा पूर्णखोप सुनिश्चित भएको प्रदेश पहिलो पटक घोषणा गर्ने ऐतिहासिक अवसर र क्षणमा यो भव्य समारोहमा हामी उपस्थित छौ ।पूर्णखोप सुनिश्चित गर्ने राष्ट्रिय निर्देशिका र कार्यविधि अनुसार पूर्णखोप सुनिश्चितताको लागि स्थानीय तहसम्म कार्यक्रम र बजेट बिनियोजन हुने गरेको छ सोहि अनुरुप यो आ.व. मा प्रदेशलाई नै पूर्णखोप गनिशित गर्न निम्न कार्यहरु गरिएको थियो ।

२०८१/०९/११-१३ गते प्रदेश तहमा सबै स्वास्थ्य कार्यालय र सरोकारवालाहरु समेतको समिक्षा र योजना गोष्ठी गरी यसै आ.व.मा पूर्णखोप प्रदेश घोषणा गर्ने निर्णय र योजना भएको ।माघ फाल्गुन चैत्र महिनामा छुट खोप पहिचानको लागि घर धुरी सर्वेक्षण कार्य प्रभावकारी बनाउन स्वास्थ्य निर्देशनालय र स्वास्थ्य कार्यालय बाट निरन्तर अभिमुखीकरण, सहजीकरण र अनुगमन गरिएको ।यसै आ.बा.मा संचालन भएको दादुरा रुबेला खोप अभियानमा ५ वर्ष मुनिको बच्चाहरुको छुट खोपको पहिचान, अनुगमन र अभियान संगै छुट खोप पनि उपलब्ध गरिएको।वैशाख महिनालाई खोप महिनाको रुपमा मनाई पुनः महिला स्वास्थ्य स्वयमसेविका र स्वास्थ्यकर्मी परिचालन गरी छुट खोप बच्चा खोजी बखोप लगाइएको । १४ वटै जिल्लामा प्रत्यक वडा समेतका स्वास्थ्यकर्मीहरुलाई पूर्णखोप सुनिश्चितता र सुक्ष्म योजनाको अभिमुखीकरण र योजना बनाइएको।

२०८१ फाल्गुन ११ गते प्रदेश पूर्णखोप समन्वय समितिको बैठक बसी समिक्षा गरी यसै आ.व.मा प्रदेश लाई पूर्णखोप घोषणा गर्ने योजना र निर्णय भएको । सबै वडा / पालिका हरुमा वैशाख सम्ममा घरधुरी सम्पन्न भै छुट खोप दिने कार्य भएको। पाँचथर जिल्लाले चैत्रमा नै पूर्णखोप जिल्ला सुनिश्चित गरेको र अन्य जिल्लाले क्रमशः सुनिश्चित गर्दै प्रतिवेदन प्राप्त भएपछि २०८१ असार २५ गते सम्ममा सबै जिल्लाहरुको भेरिफिकेसन गरी अनुमति प्रदान गरिएको।

२०८१ असार २६ गते प्रदेश खोप समन्वय समिति र सरोकारवालाहरुको बैठक बसी प्रतिवेदनको अनुमोदन गरी २०८१/०३/३० गते प्रदेश पूर्णखोप घोषणा गर्ने निर्णय गरियो।पूर्णखोप सुनिश्चितता कार्यक्रमको औचित्य र उपलब्धि।०-१५ महिना सम्ममा वालवालिकाले सबै खोप प्राप्त गर्नु पर्दछ १५ महिनामा पाउने अन्तिम् खोप प्राप्त गर्यो कि गरेन् साथै कोहि बालबालिका खोपबाट बन्चित (शुन्य खोप) भए नभएको यकिन गर्न खोज र खोपको नीति अनुरुप वार्षिक घरधुरी सर्वेक्षण गरी १६-५९ महिनाको बच्चाको खोपको विश्लेषण गरिन्छ यो आ.व.मा गत वर्षको बच्चाहरु‌को खोप भेरिफिकेसन गरिन्छ, किन कि १५ महिनासम्म बच्चाले खोप पाउने तालिका हो। गत बर्षको २०७९/८० तथ्यांक विश्लेषण गर्दा ०-११ महिना सम्मको लक्षित संख्या ८३७५५ जना थियो गत आ.व. को खोपको प्रगति।BCG पहिलो खोप लगाउने संख्या ८१,२९०सो पछी Penta पहिलो मात्रा लगाएको संख्या ७९,४८२ जना। ९ महिनामा लगाउनु पर्ने दादुरा रुबेला पहिलो मात्रा लगाएको संख्या ७७१३० जना। १५ महिनामा अन्तिम खोप दादुरा रुबेला दोश्रो मात्रा लगाएको संख्या ७३३६५ जना थियो।यसरि यो आ.व. मा ०-१५ महिना भित्रका ८०९०३ जना बच्चा र १६-५९ महिनाका १९२२५३ जना गरि कुल २८३१८३ जना बच्चा खोजि खोप विश्लेषण अनुगमन गरिएको छ । सो मध्येकुनै पनि खोप शुरु नगरेको १९५ जना
खोप शुरु गरेर पुरा नगरेको drop out संख्या ५०५१ जना खोप छुट बच्चा लाई खोजेर खोप पूरा गरिएको छ ।
यसरि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार, अन्तर्गतका स्वास्थ्यकर्मीहरु, सामुदायिक महिला स्वास्थ्य स्वयमसेविकाज्यूहरु, राजनैतिक दल, साजेदारी संस्था, संचारकर्मी र अन्य सरोकारवाला हरुको समेत सहयोगमा यो वर्ष प्रदेश पूर्णखोप सुनिश्चित गर्न सकिएको व्यहोरा सादर अनुरोध गर्दै यो महान कार्यमा संलग्न र सहयोग गर्नु हुने सबैमा हार्दिक आभार र धन्यबाद दिन चाहन्छु ।

बच्चा निरन्तर जन्मी रहने र पूर्णखोप पनि निरन्तर गरि रहनु पर्दछ । बिगत देखिनै खोप वाट वन्चित हुने समुदाय, वर्ग र क्षेत्रका बालबालिकाहरु लाई खोप पूरा गराउने कार्य स्वास्थ्य क्षेत्रको प्रयास वाटमात्र सम्भव नहुने कुरा जाहेर गर्दै बालबालिकालाई तोकिएको तालिका अनुसार खोप पूरा गराई स्वास्थ्य रक्षा गर्ने कार्यमा सबै सरोकारवालाहरुको निरन्तर सह लागि समेत अपिल गर्दछु ।विशेष गरी स्थानीय तहहरुवाट आफ्नो वार्षिक कार्यक्रममा नियमित खोप कार्यक्रमको सुदृढीकरण र पूर्णखोप सुनिश्चितता कार्यक्रम समावेश गरी प्रभावकारी व्यवस्थापन तथा संचालन गर्न, खोप कोल्डचेन व्यवस्थापन र गुणस्तरीय खोप सेवाको यकिन गर्न प्रदेश तहबाट समेत नीति योजना बनाई सहजीकरण, समन्वयमा तिव्रता दिनु पर्ने आवश्यकता रहेको व्यहोरा अनुरोध गर्दछु ।अन्तमा अथक प्रयासबाट यो आ.व. मा निर्देशिका बमोजिम सबै प्रक्रिया पूरा गरी सबै पालिका, जिल्ला पूर्णखोप सुनिस्चित भई सकेकोले आज यो गरिमामय सभाबाट कोशी प्रदेशका माननीय मुख्यमन्त्रीज्यूको प्रमुख आतिथ्यतामा यो प्रदेशलाई पूर्णखोप सुनिश्चित प्रदेश घोषणा हुन गैरहेकोमा अत्यन्त खुशी व्यक्त गर्दै यो कार्य लाई निरन्तरता दिने कार्यमा सबैबाट सहयोगको अपेक्षा गर्दछु, पूर्णखोप प्रदेश घोषणा गर्ने यो क्षण अवसरमा आईपुग्न सहयोग पुर्याउनु हुने सबै लाई प्रदेश खोप समन्वय समिति सदस्य सचिव ज्ञान बहादुर बस्नेत बताए ।पूर्ण खोप सुनिश्चितता घोषण सभा अध्यक्ष प्रदेश खोप समन्वय समिति सचिव डा. सुधा काकीको अध्यक्षता पूर्ण खोप कार्यक्रम समापन गरियो।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी – ३, मोरङ नेपाल
mob: 9827072150
email: [email protected]