सम्पादकीय नोट ः— नेपालको पुर्वि भुभागमा बसोवास गर्ने राजवंशी जातिहरुको बाक्लो बसोवास रहेको छ । पुर्वि भुभागमा बस्ने झापा, मोरङ र सुनसरी जिल्लाका आदिवासी, जनजातिहरु नेपालको विकासको कममा ऐतिहासिक योगदान रहेको छ । विद्मालय, ग्रमथान, स्वास्थय चौकी, निमावि स्कुल, डोमालाल राजवंशी रङशाला तथा देश र जनताको लागि हरकदममा सहयोग गर्ने राजवंशी समाजका जातिहरु हरबखत समाजिक कार्यमा त्यार रहने जातिको रुपमा रहने गरेको छ ।

मोरङको कटहरी गाउँपालिका वडा नम्बर ३ मा राजाकै पालामा चैतु चौधरी ( राजवंशी ) ले श्री जनप्रीय माध्यमिक विद्मालयलाई आफनो १७ विघा १७ कठा जग्गा विद्मालयलाई जग्गा दान गरिएका थिए । मिति २००६ सालमा स्थापना गरिएको विद्मालय आज अहिले ७५ वर्ष भइसकेको छ ।

भने, मोरङ जिल्लाकै वेलवारी नगरपालिका वडा १० मा धिरनाथ सम्फुल विस्वास माध्यमिक विद्मालय बलुवाही मा १४ विधा जग्गा दान गरिएका थिए । वि.स २०१३ मा स्थापना भएको माध्यमिक विद्मालय अहिले करिब ६८ वर्ष भएको छ ।

तयस्तै नेपालको पुर्वी भुभाग क्षेत्रमा झापा जिल्लाको कचनकवल गाउँपालिका स्थित महेन्द्र रत्न माध्यमिक विद्मालयमा जग्गादाता राजवंशीको अर्धकदको शालिक निर्माण गरिएको हो । झापाको कचनकवल गाउँपालिकास्थित महेन्द्र रत्न माध्यमिक विद्यालयमा स्वर्गीय बहादुर चन्द्र सिंह राजवंशीको योगदानको सम्झनामा अर्धकदको शालिक निर्माण गरिएको छ । विद्यालयका संस्थापक राजवंशीले विद्यालयको निर्माणमा गरेको योगदानलाई सम्मान गर्दै, विद्यालय र गाउँपालिकाको संयुक्त लागत ४ लाख ९५ हजारमा शालिक निर्माण गरिएको हो ।

मिति २०८१ असोज १ गते आयोजित एक औपचारिक कार्यक्रममा प्रमुख अतिथि पूर्वगृहमन्त्री तथा राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले शालिक अनावरण गरे । उनले स्वर्गीय राजवंशीको योगदानलाई ऐतिहासिक र प्रेरणादायी भन्दै विद्यालयको शैक्षिक विकासमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै, स्वर्गीय राजवंशीका परिवारलाई सम्मानपत्र पनि हस्तान्तरण गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक मोहन राजवंशीले स्वर्गीय राजवंशीले विद्यालय निर्माणका लागि दान दिएको १३ बिघा ४ कठ्ठा ६ धुर जग्गाको स्मरण गर्दै विद्यालयको ऐतिहासिक यात्रा र विकासको चर्चा गरे । कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, गाउँपालिकाका जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विशिष्ट अतिथिमा कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशी र ५, ६, ७ नम्बर वडाध्यक्ष लगायत विभिन्न राजनैतिक दलका प्रतिनिधि तथा समाजसेवी वुद्घिजिवि र स्थानीयहरु पनि कार्यक्रममा सहभागी भएका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी – ३, मोरङ नेपाल
mob: 9827072150
email: [email protected]