संजय कुमार राजवंशी

सोमबार, बैशाख ०८, २०८२

डाक्टर, वकिल, पत्रकार, इन्जिनियर, नेता, मन्त्री तथा वुद्घिजीवि, समाजसेवी लगायत प्राय अधिकाँश सबैले खाना खाएर केही खाना थाल्लमा छोडने गरेको विवाह, पार्टि लगायत अन्य विषेश कार्यक्रममा स्पष्ट देखिन्छन् । जस्का कारणले खानाको महत्व र खाना कसरी र कति मेहनतले उत्पादन हुन्छ भन्ने कुरा थाहा नभएको जस्तो पनि देखिन्छन् । तर यो सत्य हो भनेर पनि भन्न सकिन्न् होला किनभने यी माथि उल्लेख गरिएका पद तथा उपनामहरु सबै किसानका छोरा र छोरी नै हुनुपर्छ । यस्को अर्थ यो पनि होइन कि सबै किसानको नै सन्तान हुन भनेर पनि भन्न सकिन्न् होला कोही अर्को व्याक ग्राउण्डवाट पनि हुनसक्छन् ।विराटनगरका होटेल, पार्टि प्यालेस, चिया र नाष्ताको पसलमा विहान र बेलुकी गई हेर्न जरुरी छन् जहाँपनि खानाको दुरुउपयोग गरिएको तस्विरहरु हेर्न सकिन्छन् । कोट पेन्ट, हेर्ने वितिकै विद्घन र राम्रो ज्ञानी जस्तो देखिने व्यक्तिले सुध पनि खानाको महत्व नबुझेको जस्तो स्पष्ट उस्को व्यवहारले देखिन्छन् ।

कतिपय स्थापना दिवस, वार्षिक कार्यक्रम, सेमिनार, गोष्टि, विवाह, पार्टि लगायत अन्य यस्ता कार्यक्रममा खाना आधि खाने र बाँकि खाएर फाल्ने अथवा वेस्ट गरिएको यस्ता चर्तिकला स्पष्ट रुपमा विषेश कार्यक्रमहरुमा विषेश व्यक्तिले नै गरिएको देखिन्छ । किसानले उत्पादन गरिएको खानेकुरा सहि तरिकाले सदुउपयोग नगरिएको यो समाजले एक दिन दुख पाउँदैनन् भनेर पकै भन्न सकिन्न् होल । आधि खाना खाने र आधि फाल्ने चलन स्पष्ट र सफा तरिकाले यो समस्या प्राय सबै कार्यक्रममा देखिइरहेको छ ।

किसानको मेहनत र किसानको दुःख र अवस्थाले यो बुझन एकदमै जरुरी छन् । कि खाना के हो ? खानाको सहि सदुउपयोग कसरी गर्नुपर्छ । खाना थालमा राखि वेस्ट गर्नु हुदैन जस्ता समस्याका समाधान कसरी हुन्छन् भन्ने विषय वस्तु आजको पुष्ताले यस विषयमा विचार र विर्मश गर्न एकदमै जरुरी छन् । भोग लागीयो भन्दै खाना थालमा छोडी वेस्ट गर्नु कहिँवाट पनि सही भन्न सकिन्न् होला । यस विषयमा मेरो व्यक्तिगत विचार लेखि राख्दा यस्तो पनि कुरा आउँछन् “ यो त चराचुरुङ्गी, कुकुर, घरपालुवा जनावर जस्ताको लागी वेस्ट गरिएको हो भनेर केही व्यक्तिले भन्ने । तर यो कहिँवाट सत्य होइन होला किनभने यतिसम्म म, हामी र तपाईँ सोच्छौँ जस्तो मलाई लाग्दैनन् ।

विस्वको राष्ट्रिहरुले आज जमिन सकिरहेको यो अवस्थामा पनि खानाको परिपुर्ति जसोतेसो गरिदिएको छ । तर अहिलेको अवस्थामा घरको तिव्र विकासपछि कृषि उत्पादन जमिन घटिरहेको छ । उत्पादन गर्ने किसान घटिरहेको छ । उत्पादन गर्ने शक्ति घटिरहेको छ । यूवा शक्ति विदेश पलायन हुदैछ । जनशक्ति हराएको अवस्था छ । किसानको दुःख, पिडा र हतासपुर्ण जीवन रहेको अवस्था छ । जनता पढेलेखेका विद्घन मान्ने र आफुलाई सर्वश्रेष्ठ मान्नेले यो विषय बुझन एकदमै जरुरी छन् ।

एक वार्षिक कार्यक्रममा विराटनगरका वरिष्ठ भन्ने प्राय सबै माहाशयहरुको उपस्थिती बाक्लो थियो । वार्षिक कार्यक्रम सकिए लगतै खानाको राम्रो व्यवस्था रहेको उक्त खानामा दाल, चामल, रोटी, माछा, मासु, दही, पनीर, मिठाई लगायत आलु, कोबी जस्ता राम्रो सब्जी तरकारीको व्यवस्था भएको उक्त कार्यक्रममा सबैले राम्रो खाना पेट भरी खाए । उपस्थित सबैले थप्पी / थप्पी खाना खाए । स्वाद लिई / लिई खाना बडो शोकले खाएका थिए । सबैलाई कार्यक्रम ३ घण्टा सकिए लगतै भोक लाग्ने कुरा सहि नै थियो । सो कार्यक्रम सकिएपछि भान्छेले पनि त्यो स्वदिष्ट तथा प्रोटिन यूक्त खाना पसकने बेला उत्साह पुर्ण खाना वितरण गरियो पनि । सबैले खाए पनि तर डस्विनमा यसो हेर्दा धेरै खाना जुठो अथवा वेस्ट खाना भेटिए पनि । र ति व्यक्तिहरु चराचुरुङ्गी, कुकुर, घरपालुवा जनावरको लागी सोचेर खाना फालिएको जस्तो मलाई चैँ एक प्रतिशत पनि लाग्दैन ।

खाना जति खान सकिन्छन् उतिनै खाने बानीको विकास गरौँ भन्नु सायद तेती उचित नहोला घरमा रहेको बालबालीका तथा स—साना नानिहरुको सहि वास्तविक संस्कार सिकाउनु राम्रो र दिर्घकालिन हुन्छ । किनभने उहि नै भोली भविष्यको यो देशको नेतृत्व गर्ने भएकोले सो संस्कार सिकाउन जरुरी छन् । किसान के हो ? किसान कसरी खेती गर्छन् । किसानले कृषि कर्म गरिराख्दा कति र कसरी मेहनत गर्दछन् भन्ने ज्ञानका कुरा सिकाउन जरुरी छन् ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी – ३, मोरङ नेपाल
mob: 9827072150
email: [email protected]