Rajbanshi Khabar

आइतबार, भाद्र ३१, २०८०

विराटनगर / दिदी–भिनाजुको कमजोर आर्थिक अवस्था भएका करण छोरा–छोरीलाई उच्च शिक्षामा अध्ययन गर्न लिएको लाखौ रकम फिर्ता नगरेपछि सालोको विच्चली भएको छ ।

सुनसरी साहेबगंज–९ हाल देवानगंज गाउँपालिका वडा नं. ५ स्थायी घर भइ विराटनगर महानगरपालिका वाडा – १३ मा डेरा गरी बस्ने ओम प्रकाश साह दिदी–भिनाजु र भान्जाले पटक पटक गरी लिएको २० लाख फिर्ता नगरको आरोप लगाएका हुन् ।
उदयपुर जिल्लाकाे चौदण्डीगढी नगरपालिका वाडा – ४ बसाहा बर्खे डाडा बस्ने दिदी गीता साह, भिनाजु सुरेन्द्र प्रसाद साह र भान्जा संजय साहलाई मेरो नाममा रहेको देवानगंज गाउँपालिकाको १३ कठ्ठा ४ धुर जग्गा वेचेर भान्जा विराटनगर आएको बखत चेक मार्फत ११ पटक र नगद ६÷७ पटक गरी २० लाख सापटी दिएको पत्रकार सम्मेलनमा ओम प्रकाश साहले वताए ।

छोरा–छोरीको पढाईको लागि लिएको रकम वदनियत पुर्वक आफ्नो व्यपार व्यवसायमा लगाएको र छोरीलाई अष्ट्रेलिया पठाएको र विश्वास घातगरी सो रकम लिएको २०७९ साल माघ महिनामा थाहा पाएपछि सो रकम माघ दोस्रो साता फोन गरी मेरो लिएका रकम फिर्ता माग्दा दिदी भिनाजुले तिमीसंग कुनै रकम लिएको छैन भनि नेपाल पत्रकार माहासङ माेरङ साख विराटनगरमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी – ३, मोरङ नेपाल
mob: 9827072150
email: [email protected]