कटहरी / आज कटहरीले फेरि एउटा अशल ब्यक्ति गुमाएको छ । भगवानले लेखिएको मेटिदैन भन्छ हाे रैछ । आज माेरङकाे कटहरी गाउँपालिकाकाे पहिलो वि एड गरिएको अशल ब्यक्ति आज निधन भएको छ । कटहरी गाउँपालिका स्थाई घर भई वाडा – ३ निवासी समाजसेवी तथा वुद्धिजिवि तिलक राजवंशीकाे आज आफ्नै निवासमा ब्रेनहेमरेज वाट अपराह्न २.४० बजे निधन भएको उहाँका छाेरा प्रकाश कुमार राजवंशीले बताए । वि.स २००२ भाद्र २७ गते जन्म भएर आज ७८ वर्ष पुरा भएर निधन भएको छ ।
राजवंशी संस्कृति सङरक्षण तथा विकास केन्द्रका अध्यक्ष प्रशुराम राजवंशीका अनुसार उहाँ कटहरी गाउँपालिकाकाे पहिलो वि एड गरिएको ब्यक्ति भएको बताए । तिलक राजवंशी अशल समाजसेवी तथा वुद्धिजिवि र राम्रो मार्ग दर्शन गर्न सकिन्ने ब्यक्ति भएको प्रशुराम राजवंशीले बताए ।
राजवंशी संस्कृति सङरक्षण तथा विकास केन्द्रकाे पुर्व अध्यक्ष पनि भएका थिए । उहाँ शिक्षण पेशामा ३४ वर्ष सम्म याेगदान गर्नु भएको छ । माविका प्र अ ( हेड मास्टर ) सम्म कार्यसम्पादन गरिसकनु भएको उहाँको छाेरा प्रकाश राजवंशीले जानकारी दिए । कदमाहा मावि , आर्दश मावि डाइनिया , दादर वेरिया मावि , सुकुना मावि जस्ता धेरै विध्यालयमा अध्यापन गराउनु भएको थियोे । उहाँका एक छाेरि र दुई छाेरा हुनुहुन्छ ।