Rajbanshi Khabar

बिहिबार, आश्विन ०४, २०८०

विराटनगर / नेपाली राष्ट्रिय क्रिकेटर ललित नारायण राजवंशी अभयसका क्रममा घाइते भएका छन् । चीनमा आयोजना हुन लागेको १९औँ एसियाली खेलकुद प्रतियोगिता अघि नेपाली क्रिकेट टोलीका प्रभावशाली स्पिनर ललितनारायण राजवंशी घाइते भएका छन् ।

२४ वर्षीय बायाँ हाते स्पिनर ललित राजवंशी बुधबार अभ्यासका क्रममा घाइते भएका छन् । उनको शल्यक्रिया गर्नुपर्ने भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । उनको ‘राइट क्लाभिकल’ (काँधको हड्डी) भाँचिएको बताइएको छ ।

ललित नारायण राजवंशीले अब एसियाली खेलकुदमा सहभागिता हुन नपाउने भएको छ । एसियाली खेलकुदमा नेपालले पुरुष क्रिकेटमा भाग लिएको छ । एसियाली खेलकुदमा पुरुष क्रिकेट प्रतियोगिता सेप्टेम्बर २७ देखी अक्टोबर ७ तारिखसम्म सञ्चालन हुनेभएकाे छ । 

नेपाली राष्ट्रिय क्रिकेटर ललित नारायण राजवंशी अन्तर्राष्ट्रिय खेलहरुकाे सफलताहरूमा राजवंशीले महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् । ललित नारायण राजवंशीले हालसम्म देशका लागि २० वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको १९ पालीमा २८ विकेट लिएका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा उनको उत्कृष्ट प्रदर्शन २० रन दिएर पाँच विकेट रहेको छ ।

नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर २७ मा मंगोलियासँग खेल्नेछन् । नेपालले दोस्रो खेल अक्टोबर १ मा माल्दिभ्ससँग खेल्नेछ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी – ३, मोरङ नेपाल
mob: 9827072150
email: [email protected]