दुहवी । नेकपा एमाले बुढीगंगा गाउँकमिटिको आयोजनामा अगुवा कार्यकर्ता भेला कार्यक्रममा आप्रवासी नेपाली मन्चका कमल चौधरीले नेकपा एमाले प्रति एक धर्म जस्तै आस्था रहेको बताए ।
कार्यक्रममा उन्नले आफु सानै छदा बाउँ बाजेहरु नेकपा एमाले पार्टीमा आबद्ध भएका कारणले आफुलाई नेकपा एमाले पार्टी प्रति हिन्दु धर्म जस्तै एक आस्था रहेको बताए । कमल चौधरी बुढीगंगा गाउँपालिकाका एक युवा सचेतक सँगै समाजसेवी र नेकपा एमालेका पुर्व जिल्ल्ला कमिटि सचिवालय सदस्य बलभद्र सरदारका छोरा हुन् । चौधरी केही दिनका लागी बिदालिएर दुवैबाट नेपाल आएको हो ।
कार्यक्रममा आप्रवासी मन्चका चौधरीले सधैंव नेकपा एमाले बुढीगंगालाई विभिन्न परीस्थितीमा पनि साथ र सहयोग गरीआएको बताए । बुढीगंगा गाउँबासी जनताहरुको इक्छा र चाहनालाई बुझने पार्टी नै नेकपा एमाले रहेको उन्नले बताए ।
विगत केही दिन अगाडी नेकपा एमाले बुढीगंगाका अग्रज व्यक्तिहरु पर्टी परीत्याग गरी अन्यन्त्र पार्टीमा प्रवेश गरेका कारणले पार्टी प्रति समाजमा नाकारात्म प्रभाव पारेको कारणले “अब बाउँ जता जता छोरा तेता तेता नभई छोरा जता जता बाउँ तेता तेता हुन्छ कि ?” आप्रवासी मन्चका कमल चौधरीले बताए ।
आफ्नो बुवा बलभद्र सरदार थारु नेकपा एमाले पार्टीमा रही ३०÷३२ वर्षको राजनितिक गरी आएकाले अचानक पार्टी छोड्नु अस्वभाविक लागेको बताए । जुनसुकै पार्टीमा पनि अलिकति तलमाथि हुने सान्र्दभिक नै रहेको तर अचान आफ्नो सुवेक्छुहरुसँग सर—सल्लाह नगरकनै पार्टी परीत्याग गरी अन्यन्त्र पार्टीमा प्रवेश गरेको घट्ना प्रती आफुलाई चित्त नबुझेको अप्रवासी मन्चका कमल चौधरी बताउँछन् ।
यस समाचार काेचिला एफ एम वाट लिएको हाे ।