विराटनगर / विराटनगरको भाटभटेनी सुपरमार्केटबाट प्रहरीले भारतीय नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।विराटनगर माहानगरपालिका वाडा-६ भाटभटेनी सुपरमार्केटमा सामान खरिद गर्दैगर्दा एक जना नक्कली नोटसहित प्रहरिले पक्राउ गरिएको छ । सनुसरी जिल्लाकाे हरिनगरा गाउँपालिका वाडा – ६ का ३४ बर्षका ईशान अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।
ईशान अन्सारीले शनिबार भाटभटेनी सुपरमार्केटबाट सामान खरिद गरी पैसा तिर्ने क्रममा भारतीय नोट दिएका थिए । अन्सारीले दिएको भारु २ सय र पाँच सय रुपैयाँ नोट नक्कली रहेको प्रहरीले जनाएको छ । खबर पाउनासाथ वडाबाट खटिएको प्रहरी टोलीले नक्कली भारतीय नोट जस्तो देखिने २ सय दरको २० ओटा र ५ सय दरको ७ ओटा नोट गरी जम्मा भारु ७ हजार ५ सय र बा १६ च ७६१३ नम्बरको कारसहित नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
आज मोरङ जिल्ला अदालतबाट मुद्रा सम्बन्धी कसूरमा ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको दाहालले बताए ।