Rajbanshi Khabar

सोमबार, आश्विन १५, २०८०

काठमाडौं / काेशी प्रदेशको राजधानी विराटनगरकाे राजवंशीकाे कप्तानिमा कब्डि जित हासिल गरिएको छ । १९ औं एसियाली खेलकुदको महिला कबड्डीमा विजयी हासिल भएको छ । नेपाल राष्ट्रिय कब्डि टिमले बंगलादेशविरूद्ध विजयी भएपछि नेपाली टिमकी कप्तान मेनुका कुमारी राजवंशीले कबड्डीलाई पनि क्रिकेट र फुटबल जस्तै महत्त्व दिन नेपाल सरकारलाई आग्रह गरेकी छिन् ।

उनले कबड्डीका लागि छुट्टै हलको व्यवस्था गरिनुपर्ने पनि कप्तान राजवंशीले बताइन् ।

भलिबल , फुटबल , क्रिकेट र बास्केटबल हेर्नुहुन्छ नि कबड्डीलाई पनि त्यसरी नै हेरिदिनुस् । कबड्डीकाे लागि काठमाडौंमा एउटा हल बनाइनुपर्‍यो । जहाँ हामी जतिबेला पनि प्राक्टिस गर्न सकौं , राजवंशीले बताए ।

‘ हरियाणाको अत्यधिक गर्मीमा पनि दिनरात मेहनत गर्‍यौं , ६/७ वटा मैत्री पूर्ण खेल खेल्यौं , उनले भनिन् , ‘भारतबाट फर्केपछि हाम्रो हल भएन दुई-तीन दिन रंगशालामा प्राक्टिस गर्‍यौं।

त्यही मेहनतका कारण आजको सफलतासम्म पुगिएको उनले बताइन् ।

आज सोमबार नेपालले बंगलादेशविरूद्धको कबड्डीको १५ मिनेटको पहिलो हाफमा २१-१६ को अग्रता लिएको थियो। दोस्रो हाफमा पनि राम्रो प्रदर्शन गरेपछि नेपालले जित निकालेको हाे ।

महिला कबड्डीको समूह ‘बी’ मा नेपाल, इरान र बंगलादेश छन् । समूह ’ए’ मा दक्षिण कोरिया, भारत, थाइल्यान्ड र चाइनिज ताइपेई रहेको छ ।

एसियाली खेलकुदको महिला कबड्डीमा सात टिमको मात्र सहभागिता रहेको छ । जसमा तीन टिम रहेको समूहमा पर्दा नेपालको एक खेल जिते मात्र सेमिफाइनलमा पुग्ने सम्भावना रहेको छ ।

नेपालको समूहको इरान बलियो टिम हो । अब नेपालले इरानसँग भोलि खेल्नेछ । सो खेल हारे पनि नेपालको सेमिफाइनल सम्भावना हुनेछ । त्यसका लागि पर्सी इरानले बंगलादेशलाई पराजित गर्नु पर्ने हुन्छ ।

एसियाली खेलकुदको कबड्डीमा सेमिफाइनलमा पराजित हुने टिमलाई पनि कास्य पदक जिते व्यवस्था रहेको छ । यसर्थ नेपालका लागि सेमिफाइनलमा पुग्दै कबड्डीबाट कम्तीमा कास्य पदक जित्ने अवसर रहेको छ ।

यस कब्डि खेल समाचार राते पार्टी वाट र तस्बिर हाम्रो खेलकुद वाट लिएको हाे ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी – ३, मोरङ नेपाल
mob: 9827072150
email: [email protected]